राप्तीकी उपकुलपति भण्डारीद्वारा कौडीको भाउमा जग्गा भाडामा


काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति संगिता भण्डारीले कौडीको भाउमा व्यापारीलाई प्रतिष्ठानको जग्गा भाडामा दिएको तथ्य फेला परेको छ । उपकुलपति भण्डारीद्वारा व्यापारीलाई बीनाप्रतिस्पर्धा मिलेमतोना कौडीको भाउमा जग्गा भाडामा दिएको कागजात स्वास्थ्य लाइभले फेला पारेको हो ।

३० वटा सटरबाट मासिक ५ लाख भाडा आउने देखिन्छ तर भण्डारीले मासिक ५१ हजार मात्र लिनेगरी प्रतिष्ठानको करिब ७ कठ्ठा जग्गा भाडामा लगाएको देखिन्छ ।
पहिला प्रतिस्पर्धामा दिनेगरी टेन्डर आह्वान गरेको प्रतिष्ठानले प्रतिस्पर्धाबाट भाडामा दिँदा उपकुलपति भण्डारीले सेटिङ गरेको व्यापारीले नपाउने अवस्था आएपछि टेन्डर रद्ध गरेर सीधै भाडामा दिने सम्झौता गरेको पाइएको हो ।

‘प्रतिष्ठानले आफूलाई भवन र जग्गा अपुग छ तर प्रतिष्ठान कार्यालय नजिकको जग्गा भने भाडामा लगाउने कार्य भएको छ ।’, प्रतिष्ठानका एक कर्मचारीले भने । दाङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नारायण भुसाल र उपकुलपति भण्डारीको सेटिङमा कार्यकारी समितिबाट निर्णय गराएर कौडीको भाउमा जग्गा भाडामा लगाइएको हो । नारायणका नातेदार भुपेन्द्रप्रसाद भुसालले कौडीको भाउमा प्रतिष्ठानको जग्गा ५ वर्षका लागि हत्याएको तथ्य फेला परेको हो । सम्झौता सुरूका तीन महिनामा मासिक ५ हजार भाडा तिर्ने सर्त राखिएको छ । त्यसपछि मासिक ५१ हजार भाडा तिर्ने सम्झौता भएको पाइएको छ ।

 .

प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीको निर्देशन दिएपनि उपकुलपति भण्डारीले अधिकारको दुरूपयोग गरेर जग्गा भाडामा लगाएकी हुन् ।
कर्मचारीका अनुसार उपकुलपति भण्डारीले आर्थिक चलखेलका आधारमा प्रतिष्ठानको मुख्य गेटसँगैको आफ्नै स्वामित्वको भवनको सटर पनि निजी मेडिकललाई भाडामा लगाइएको छ ।

नेपाल चिकित्सक संघले भने यस्तो विवादित व्यक्तिलाई चिकित्सा क्षेत्रमा महत्वपूर्ण योगदान पुऱ्याएका महिला चिकित्सकहरूको रूपमा राष्ट्रपतिद्वारा सम्मान गर्न लागेको छ । जग्गा कौडीको भाउमा व्यापारीलाई सुम्पेर संस्थालाई हानी नोक्सानी पुऱ्याउन विशेष भूमिका खेलेकी उपकुलपति भण्डारीलाई संघले राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा “वूमन इन मेडिसिन इन नेपाल”अवार्ड प्रदान गर्न लागेको हो । यसले संघको भूमिकामाथि नै प्रश्न उठेको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com