जापानले दिएको साढे ५ लाख डोज खोप आइपुग्यो


काठमाडौं, जापान सरकारले नेपाल सरकारलाई अनुदानमा दिएको करिब साढे ५ लाख डोज खोप नेपाल आइपुगेको छ ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार जापान सरकारको सौजन्यमा प्राप्त ५ लाख ४८ हजार मात्रा अष्ट्राजेनेका खोप आज काठमाडौं आइपुगेको छ । नेपालका लागि जापानका राजदूतज्यूसमेतको उपस्थितिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त अनुदान ग्रहण गरेको मन्त्री श्रेष्ठले जनाए ।

अनुदान ग्रहण गर्दा स्वास्थ्य सचिव डा. रोशन पोखरेलकोसमेत उपस्थिति रहेको थियो । जापानले नेपाललाई १६ लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको थियो । त्योमध्ये ५ लाख ४८ हजार डोज खोप आज आइपुगेको छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com