‘खोप खरिदमा अनियमितता गर्नेलाई कारबाही गर’


 

काठमाडौं । संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिले कोभिडविरुद्धको खोप खरीदमा अनियमितता गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छ ।
आज सिंहदरबारमा बसेको समितिले बैठकले कोरोनाविरुद्धको खोप खरीदमा अनियमितता भए/नभएको अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो ।
भारतबाट खरिद गर्न लागेको कोभिसिल्ड खोप खरिदमा अनियमितता भएको आरोप लाग्दै आएको छ ।
खोप खरिदमा कमिसनको चक्करमा लाग्दा भारतबाट थप खोप प्राप्त हुन सकेको थिएन । कमिसन एजेन्ट शुरज वैद्य, विजय दुगड र तत्कालीन् स्वास्थ्य सचिव लक्ष्मण अर्यालको मिलेमतोमा १० प्रतिशत कमिसनमा बार्गेनिङ गर्दा भारतबाट खोप आउन नसकेको कुरा सार्वजिनक भएको थियो । त्यो विषयमा छानबिनगरी कारबाही गर्न समितिले सरकारलाई निर्देशन दिएको छ ।
निरूदेवी जैरीको अध्यक्षतामा बसेको बैठकले खोप खरीदमा भएको अनियमितताबारे अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको हो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com