वीर अस्पतालमा भ्रष्टहरूको चलखेल सुरु


काठमाडौं । मेडिकल माफियाका नाईके डा. जागेश्वर गौतमको हटेसँगै पूर्व निर्देशक डा. भुपेन्द्र बस्नेत कोभिड युनिफाइड (वीर) अस्पतालको प्रमुख प्रशाकीय अधिकारी नियुक्ति भएपछि भ्रष्टहरुको फेरि चलखेल सुरू भएको छ ।
२०७० देखि वीर अस्पतालको खरिद एकाई र सामाजिक एकाईमा बसेर करोडौं कमाएका केही भ्रष्ट छविका कर्मचारीहरू डा. बस्नेतलाई मेडिकल माफियामार्फत प्रभावमा पारेर पुन: वीर अस्पतालको मेडिकल स्टोर, प्याथोलिजि स्टोर, मेडिकल वोर्ड र खरिदमा आफू र आफूनिकट निकटलाई नियुक्ति दिन लागिपरेका छन् ।
लामो समयदेखि वीरमा बसेर आर्थिक चलखेल गर्दै आएका त्यस्ता प्रवृत्तिका व्यक्तिहरुले उक्त ठाउँम जान स्वास्थ्य राज्यमन्त्री र स्वास्थ्य सचिवलाई पैसा बुझाउन पर्छ भन्दै प्रति व्यक्ति १० देखि १५ लाख उठाईरहेको चर्चा वीरमा चल्न थालेको छ ।
नकक्ली मेडिकल वोर्डको सिफारिश बनाएर कर्मचारी समायोजनमा वीरमै रहन सफल टिकाराम पनेरु,अरूण महत्तो, वीर अस्पतालमा कोभिड भ्याक्सिन बेचेर वदनाम भएका नवराज श्रेष्ठको समूह व्यापारीमार्फत विदेश भ्रमण गर्दै आएका छन् ।
वीर अस्पतालको सफल नेतृत्व गरीसकेका पूर्व निर्देशक प्रमुख प्रशासकीय अधिकार भएर आएसँगै आफ्नो स्वार्थ पूर्तिका लागि दबाब दिन खोजिरहेका स्वास्थ्यकर्मी संघका एक पदाधिकारी स्वास्थ्य लाइभलाई बताए ।
हाल त्यो भ्रष्ट समूह मेडिकल व्यापारीमार्फत रातीराती होटलमा पार्टीगरी भोलिपल्ट अस्पताल आएर हामी सबै खरिद र स्टोरमा व्यक्तिहरू सेटिङ गरिसकेका छौं भन्दै सल्बलाउन थालेको पाइएको छ ।
वीर अस्पतालका एक उच्च अधिकारीका अनुसार ती घुसिया कर्मचारीहरुले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ तथा नेपाली कांग्रेसका नेतालगायतको नाम बेच्दै अस्पताल प्रमुखलाई बद्नाम गरिरहेका छन् । यता स्वास्थ्य मन्त्रालय नकक्ली मेडिकल वोर्डधारी लाई सरुवा गर्ने तयारी गरेको छ । मेडिकल माफिया डा. गौतम हटेपछि अस्पताल सुधारका लाग डा बस्नेतले भ्रष्टचार र घुस खेतीमी लिप्त कर्मचारी हटाउने पक्षमा छन् । स्रोतका अनुसार ति भ्रष्टलाई कुनै ठाउँ नदिनेमा अडिग रहेको छन्। निजहरूले अहिले पैसा उठाईरहेको बारेमा मन्त्रालयले गम्भीर रूपमा लिएर सुक्ष्म अध्ययन गरिरहेको स्रोतको दाबी छ । मन्त्रालय टिकाराम पनेरु र नवराज श्रेष्ठलाई तत्काल सरुवा गर्ने पक्षमा रहेको वीरका अधिकारीहरू बताउँछन् ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com