संक्रमणदर २४ प्रतिशत


काठमाडौं । मुलुकभर कोरोना संक्रमणदर २४ प्रतिशत पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारको तथ्यांक अनुसार ३ हजार ४ सय ८१ जनामा कोरोना पुष्टि भएको हो । यस बिचमा ३० जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार विगत २४ घण्टामा १६ हजार ६५६ जनाको पीसीआर बिधीबाट नमुना परीक्षण गर्दा २४ प्रतिशतमा कोरोना पुष्टि भएको हो ।

लामो समय देखि २० देखि २५ प्रतिशतको हाराहारीमा संक्रमणदर छ । तर, अस्पतालमा बिरामीहरु भर्ना भएको संख्या बढ्दो क्रममा देखिएको छ । दैनिक प्रतिशतलाई हेर्दा कोरोना बढेको देखिएको छैन । तर, अस्पतालको तथ्यांकलाई आधार मान्दा संक्रमण बिस्तारै बढ्दै गएको छ ।

तथ्यांक अनुसार काठमाडौँमा ६६३, भक्तपुरमा १०९ र ललितपुमा १९२ जना गरी काठमाडौँ उपत्यकामा ९६४ जना थपिएका छन् । हालसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ३३ रहेको छ । देशभरका कोभिड अस्पतालका आइसीयूमा ७९६ र भेन्टीलेटरमा १८४ जना संक्रमित उपचाररत रहेको डा पौडेलले बताए ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com