के गर्दैछन् नयाँदिल्लीमा झलनाथ?, कति लाग्यो खर्च ?


काठमाडौं, मिर्गौला प्रत्यारोपण गराएका पूर्वप्रधानमन्त्री झलनाथ खनाल भारतको नयाँदिल्लीस्थित अपोलो हस्पिटलमा आराम गरिरहेका छन् । मिर्गौला प्रत्यारोपण गरुञ्जेलसम्म नयाँदिल्लीमा रहेको विवादास्पद पूर्वअर्थराज्यमन्त्री ल्यारक्याल लामा नेपाल फर्किसकेका छन् । मिर्गौला दिने दाता लामाले नै व्यवस्थापन गरेको विश्वस्त स्रोतको दाबी छ । नयाँदिल्लीस्थित नेपाली दूतावासदेखि एपोलो हस्पिटलमा प्रत्यारोपणका लागि कागजात मिलाउने काम लामाले नै गरेका थिए । सबै व्यवस्थापन पूर्वराज्यमन्त्री लामाले नै गरेका दाता व्यवस्थापनको काम पनि लामाले गरेको कुरामा बलियो आधार देखिन्छ ।

केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारले पूर्वप्रधानमन्त्री खनालको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको थियो । जुन निर्णय आफैमा गैरकानुनी हो । जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ३० मा सरकारलाई वैदेशिक उपचारमा जाने व्यक्तिको उपचार खर्च उपलब्ध गराउन बन्देज लगाएको छ । तर ओली सरकारले निर्णय गरेको आधारमा २५ लाख उपचार खर्च राज्य कोषबाट भुक्तानी भइसकेको छ । अहिले उपचारमा लागेको खर्च भन्दै थप ५० लाख रकम माग गरिएको फाइल अर्थमा पुगेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट ‘ग्रीन सिंग्नल’ नआएको भन्दै अर्थमै फाइल अड्केर बसेको छ ।

यता फलोअपमा आउने समयसम्म किड्नी दिनेलाईसमेत अस्पतालमा राख्ने स्रोतको भनाई छ । फाइभ स्टारको सुविधा भएको ठाउँमा सबै खर्च राज्यले ब्यहोर्ने भएपछि दाता पनि डिस्चार्ज हुन तयार देखिएका छैनन् । खनाल परिवारले पनि डिस्चार्य गराउन खोजेको छैन ।

अपोलो अस्पतालले बाच्छो नभएको दुहुनु गाई भेट्टाएकाले लामोसमय हस्पिटलमै बस्नुपर्छ भन्ने गरेको परराष्ट्र मन्त्रालयमा टिप्पणी हुन् थालेको छ । २५ लाख भुक्तानी भइसकेको , थप ५० लाख माग गरिएको र अर्को २० लाख जतिको फेरि बिल उठ्न लागेको परराष्ट्रका अधिकारीहरु बताउँछन् । मन्त्रालयका अधिकारीहरु भन्छन् ‘ईन्फेक्सनको वाहनामा अस्पतालमानै स्विटरूममा वसिरहने क्या काईदा !’,

अहिले पूर्वप्रधानमन्त्री खनालसँगै छोरा निर्भिक चित्रकार खनाल पनि नयाँदिल्लीमै रहेका छन् ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com