सेभ द चिल्ड्रेनका कर्मचारीबीच कुटाकूटको छानबिन सुरू


काठमाडौं । दुई हप्ता अगाडि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कोठा कब्जा गरेर बस्ने सेभ द चिल्ड्रेनका दुई कर्मचारीबीच कुटाकूट भएको घटनाको छानबिन सुरू भएको छ । गत साउन १५ गते इडीसीडीमा सेभ द चिल्ड्रेनका कर्मचारीबीच कुटाकूट भएको कुरा स्वास्थ्य लाइभले खुनासा गरेको थियो । सेभ द चिल्ड्रेनका कर्मचारीबीच कुटाकूटु

शीर्षकमा स्वास्थ्य लाइभले समाचार प्रकाशित गरेपछि यसले त्यहाँभित्रको विकृति बाहिर ल्याउन सफल भएको छ। उक्त समाचार प्रकाशित भएपछि सेभ द चिल्ड्रेन मुख्य कार्यालयले सेभमा काम गर्ने दुई नेपाली कर्मचारीमाथि छानबिन सुरु गरेको छ। कुटाकूट गरेको घटना ढाकछोप र उक्त घटनामा संलग्न व्यक्तिहरूलाई सेभ द चिल्ड्रेनका नेपाल प्रतिनिधि राजन भट्टराईले संरक्षण गरेको कुरा समेत बाहिर आएपछि मुख्य कार्यालयले घटनामाथि छानबिन अघि बढाएको हो ।

इडिसिडी स्रोतकाअनुसार सेभ द चिल्ड्रेन मुख्य कार्यालयले नेपाललाई छानबिनका लागि ठाडो निर्देशनसहित तीन जनाको समिति बनाएको छ । उक्त समितिले काम सुरु गरेको छ ।

स्वास्थ्य सेवा विभाग एक उच्च अधिकारीकाअनुसार बिहीबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पुगेर केही प्रत्यक्षदर्शीसँग लिखित बयान लिएको छ । सेभ द चिल्ड्रेनले एचआर म्यानेजरको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरेको हो ।

सेभ द चिल्ड्रेनका कर्मचारीबीच कुराकूट हुँदा त्यहाँ उपस्थित रहेका घटनाका प्रत्यक्षदर्शीले लिखित बयानसमेत दिएका छन् । उनीहरुले सरकारी कार्यालयभित्र त्यो पनि कार्यालय समयमा कुटाकूट गर्नु आपत्तीजनक भएको जवाफ दिएका छन् । इडिसिडीमा कार्यरत सेभ द चिल्ड्रेनका एकाउन्टेन्ट दीपक आचार्य र डा. विजयबिच कुटाकुट भएको थियो ।

प्रत्यक्षदर्शीको भनाइअनुसार विजयले दीपकलाई छातीमा मुक्का हानेका थिए । इडिसिडी र सेभले कुटाकूटको घटना लुकाउन खोजेपनि स्वास्थ्य लाइभले बाहिर ल्याइदिएपछि मुख्यालयले नै हस्तक्षेप गरेपछि बाध्य भएर छानबिन समिति बनाएको इडिसिडीका अधिकारी हरू सुनाउछन् ।

के भएको थियो घटना 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा बसेका १३ जना सेभ द चिल्ड्रेनका कर्मचारीले मलेरियाको क्षेत्रमा काम गर्दै आएका छन् । सो दिन मलेरियाको मिटिङ बसेके थियो । यो कार्यक्रम प्रदेश र जिल्लामा बिस्तारै लैजानुपर्छ भन्ने आवाज केही कर्मचारीबाट उठेको थियो । तर, बैठक सकिएपछि एकाउन्टका दिपक आचार्यले कार्यक्रम बाहिर लगेपछि आफूहरुको जागिर धरापमा पर्ने भन्दै त्यसो गर्न नहुने बताएका थिए ।

इडिसिडीका प्रत्यक्षदर्शीका अनुसार कार्यक्रम बाहिर लैजाँदा केन्द्रमा बसेर हामी के जागिर खाने भन्ने प्रश्न आचार्यले गरे । यता डा। दीपकले भने, जागरिक आ आफ्नो तरिकाले खाने जवाफ दिएका थिए । त्यसलगत्तै त्यसो भए तैले जागिर छाड्छस भन्दै छातीमा मुक्का बजाएका थिए ।

अधिकारीहरुले सरकारी कार्यालयमा यस्ता घटना प्रतिनिधिमूलक मात्रै भएको बताएका छन् । स्वास्थ्य सेवा विभागका एक अधिकारीले भने, सबै कब्जा एनजीओ ,आइएनजीओको छ । सचिवहरु सेटिङ्मा चलेका कारण कसैले ठाडो श्वर गरेर उनीहरुसँग बोल्न सकेका छैनन् ।, विभागका अधिकारीहरुले सबै कार्यालयबाट एनजीओ, आईएनजीओलाई बाहिर पठाउनु पर्ने बताएका छन् ।
आईएनजीओका कारण स्वास्थ्य क्षेत्रमा चरम भ्रष्टाचार बढेको उनीहरूको बुझाइ छ । एनजीओ, आईएनजीओले गरेको कामप्रति प्रश्न नगर्ने परिपाटिका कारण पनि भ्रष्टाचार मौलाउँदै गएको स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन् ।

सरकारी कार्यालयमा कार्यालय समयभित्र आईएनजीओका कर्मचारीबीच कुटाकूट भएको घटनालाई नेपालको सेभ द चिल्ड्रेनले गोप्य राखेको थियो । गोप्य राख्न भूमिका खेलेका राजन भट्टराईलेसमेत आफूलाई कुनै जानकारी नभएको स्वास्थ्य लाइभलाई बताएका थिए । तर, यो घटनामा उनीमाथि पनि छानबिनगरी कारबाही गरिनु पर्ने सरकारी अधिकारीहरुको भनाई छ ।

सेभ द चिल्ड्रनले इडीसीडीको ५ वटा कोठा कब्जा गरेर मनलाग्दी गर्दै आएको त्यहीका कर्मचारी बताउँछन् । ‘ इडीसीडीका ५ वटा कोठा कब्जा गरेर सेभ द चिल्ड्रेनका १३ जना कर्मचारी बस्दै आएका छन् । तिनीहरुको कुनै काम छैन । फेसबुक चलाउने, गफ गर्ने, सरकारी काममा अबरोध खडा गर्ने र काममा हस्तक्षेप गर्ने गरेका छन् ।

‘,इडीसीडीका ति अधिकारीले भने, सरकारी कार्यालय कब्जा गरेर आफूखुसी रण मैदान बनाउँदा पनि उच्च तहबाट संरक्षण हुनु आश्चर्यको विषय हो । कार्यकक्षभित्रै झगडा गरेर सरकारी कार्यालयको गरिमा र मर्यादा तोड्दा पनि हटाउन नसक्नुले सरकार कमजोर भएको भान हुन्छ ।’,

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ##save The Children

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com