स्वास्थ्यमा केहीको जिम्मेवारी हेरफेर


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ । स्वास्थ्य मन्त्री स्तरीय निर्णय गर्दै आइतबार वीर अस्पतालकी नर्सिङ् प्रमुख गोमा निरौला श्रेष्ठलाई नर्सिङ महाशाखाको जिम्मेवारी दिएको छ । त्यस्तै सोही शाखामा रहेकी रोशनीलक्ष्मी तुईतुईलाई वीर अस्पताल पठाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा बद्री रिजाललाई ल्याएको छ । कान्ति बाल अस्पतालमा रहेका रिजाललाई ट्रमा सेन्टरमा ल्याईको हो । यस अगाडी रिजाललाई सेन्टरको निर्देशक बनाएको भन्ने समाचार सच्याइएको छ । निर्देशक नभई सरुवा मात्रै गरिएको स्वास्थ्य सचिव डा रोशन पोखरेलले बताए ।

उता प्रदेश नम्बर ५ स्वास्थ्य तालिम केन्द्रका प्रमुख महेश्वर श्रेष्ठलाई काजमा मन्त्रालय तानिएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com