डाक्टर गोविन्द केसीद्वारा अनशन स्थगित


काठमाडौं । स्वास्थ्य शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले अनशन स्थगित गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि डा. गोविन्द केसीले भदौ ३ गतेदेखि घोषणा गरेको सत्याग्रह कार्यक्रम स्थगित गरेका हुन् ।

प्रधानमन्त्री देउवा र डा. केसीबीच मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल भएको थियो । वार्तामा देउवाले सार्वजनिक पदहरुमा नियुक्त गर्दा हुने स्वार्थको द्वन्द्व रोक्न कानुनी व्यवस्था गर्ने र स्वास्थ्य राज्यमन्त्रीको विषयलाई उपयुक्त समयमा सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

स्रोतका अनुसार राज्यमन्त्रीको कामनहेरी टिकाटिप्पणी गर्नु उपयुक्त नहुने बताइएको छ । दुई/तीन महिना राज्यमन्त्री उमेश श्रेष्ठको काम हेरेपछि त्यसबारे धारणा बनाउने विषयमा सहमति भएको हो ।

छलफलमा प्रधानमन्त्री देउवा, चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, संघका पूर्व अध्यक्ष डा. अञ्जनीकुमार झा, स्वास्थ्य क्षेत्रमा सक्रिय पत्रकार दिपक दाहाल, डा. केसीका सहयोगी प्रितम सुवेदी र अधिवक्ता ओम प्रकाश अर्याल सहभागी थिए ।

   यस्ता छन् सहमतिका ५ बुँदा

✍️ सार्वजनिक पदहरुमा नियुक्त गर्दा हुने स्वार्थको द्वन्द्व रोक्न कानुनी व्यवस्था गर्ने । स्वास्थ्य राज्यमन्त्रीको विषयलाई उपयुक्त समयमा सम्बोधन गर्ने ।

✍️वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलन टुंग्याउने क्रममा भएको सम्झौता कार्यान्वयन गर्न तथा बैकुण्ठ अर्याल कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि तत्काल सिनेट बैठक बोलाउने ।

✍️पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण गर्न बनेका कार्यदलहरुको प्रतिवेदनलाई कानुनी रुप दिन सम्बन्धित मन्त्रीको नियुक्ति हुनासाथ प्रक्रिया अघि बढाउने।

✍️प्रत्येक प्रदेशमा कम्तीमा एउटा मेडिकल कलेज पु¥याउनका लागि निर्माण कार्यलाई तिव्रता दिने।

✍️ चिकित्सा शिक्षा क्षेत्रमा संशोधनलगायत बाँकी मागहरु तथा यसअगाडि नेपाल सरकारले हामीसँग गरेका सम्झौता कार्यन्वयन गर्ने ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com