२०८५ देखि मेडिकल शिक्षा गैरनाफामूलक बनाउन सरकार प्रतिबद्ध


काठमाडौं । सरकाले २०८५ देखि नेपालको मेडिकल शिक्षा गैर नाफामूलक बनाउन प्रतिबद्ध रहेको प्रस्ट पारेको छ ।

चिकित्सा शिक्षा ऐन २०७५ को प्रावधानअनुसार बि. स. २०८५ देखि नेपालको मेडिकल शिक्षा गैर नाफामूलक हुने भएकाले त्यो नीति कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रतिबद्ध रहेको विज्ञप्तिमार्फत प्रस्ट पारेको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको आन्दोलनको सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा गठित छानविन समितिको प्रतिवेदनअनुसार दोषी ठहर भएका कुनै पनि पदाधिकारीलाई संरक्षण नगरिनेसमेत मन्त्रालयले स्पष्ट पारेको छ । विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी नियुक्त गर्न मापदण्ड अनुसार मात्र गर्न मन्त्रालय प्रतिवद्घ रहेको स्पष्ट पारेको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com