अफगानिस्तानबाट आउनेलाई पोलियो खोप दिन सुरु (फोटो फिचर)


काठमाडौं । सरकारले अफगानिस्तानबाट आउने सबै नागरिकलाई पोलियो खोप दिन सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अफगनिस्तानबाट फर्किएका सबैलाई पोलियो खोप दिन सुरु गरेको बताए ।

आइतबार अफगानिस्तानबाट फर्केका १ सय ८ जनालाई पोलियो खोप दिएको छ । अझै पनि अफगानिस्तान र पाकिस्तानमा पोलियो देखिएको छ । स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठन अन्तर्गतको इन्टरनेशनल हेल्थ रेगुलेसनको सिफारिसका आधारमा अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप दिने निर्णय गरेको हो । अन्तराष्ट्रिय स्वास्थ्य नियमनले २००५ मा नेपाललाई पनि अनुबन्धित गरेको छ ।

सरकारले बिगतमा आएकालाई पनि पोलियो खोप लिन अनुरोध गरेको छ । हाल सम्म साढे ५ सय नेपाली आएका छन् । अफगानिस्तानमा फैलिएको पोलियो संक्रमणलाई दृष्टिगत गरी यो निर्णय भएको हो ।

फोटो फिचर

 

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com