दाँत परीक्षणका लागि प्रकाशमानले रोजे वीर अस्पताल


काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले वीर अस्पताल पुगेर दाँतको परीक्षण गराएका छन् ।

दाँत दुख्ने समस्या आएपछि कांग्रेस नेता सिंह परीक्षणको लागि मंगलबार वीर अस्पताल पुगेका हुन् । पारिवारिक स्रोतका अनुसार नेता सिंहले सरकारी अस्पताल वीरमा नै गएर स्वास्थ्य परीक्षण गर्दै आएका छन् ।

अन्य नेताहरू स्वास्थ्य परीक्षण र उपचारका लागि निजी अस्पताल र विदेशमा जाने गरेका छन् । राज्यको ढुकुटीबाट अनावश्यक खर्च गरेको भन्दै नेताहरूको चर्को आलोचना भइरहेको छ ।  यस्तो अवस्थामा नेता सिंहले भने वीर अस्पताल गएर स्वास्थ्य परीक्षण गराई सरकारी अस्पतालले पनि राम्रो स्वास्थ्य सेवा दिन सक्छ भन्ने म्यासेजसमेत दिएका छन् ।

नेता सिंहले वीरमा आएर उपचार गराउँदा चिकित्सक र स्वास्थ्यकर्मीकोसमेत मनोबल बढेको वीरका कर्मचारी बताउँछन् । मंगलबार मात्र सभामुख अग्नीप्रसाद सापकोटा र नेता सिंह वीरमा गएर दाँतको उपचार गराएका छन् । यसले वीर अस्पतालको स्वास्थ्य सेवा अब्बल बन्दै गएको सन्देश गएको वीर अस्पतालकै चिकित्सकहरु दाबी गर्छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com