परिवार कल्याण महाशाखामा डा विवेक, खोपमा सागर दाहाल


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही महत्वपूर्ण महाशाखा र शाखामा कर्मचारी हेरफेर गरेको छ । आइतबारको मन्त्री स्तरीय निर्णयबाट सार्व क्षयरोग केन्द्रमा कार्यरत डा विवेकलाल कर्णलाई परिवार कल्याण महाशाखा ल्याएको छ । त्यस्तै परिवार कल्याण महाशाखामा कार्यरत डा तारानाथ पोखरेललाई सार्क क्षयरोग केन्द्रमा पठाएको छ ।
त्यस्तै परिवार कल्याण महाशाखा अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखामा कार्यरत डा झलक शर्मा गौतमलाई व्यवस्थापन महाशाखा र त्यहाँ कार्यरत सागर दाहाललाई खोपमा ल्याइएको छ । उता टिबि सेन्टर भक्तपुरमा लामो समय देखि फाजिलमा रहेका डा प्रकाश शाहलाई पठाएको छ भने डा अनुज भट्टचनलाई कर्णाली प्रदेश पठाएको छ । भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट पनि परिवर्तन भएको छ । डा रोशन न्यौपानेको ठाउँमा अर्थोपेडिक डाक्टर कृष्ण पौडेललाई पठाएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com