डा. केसीसँगका सम्झौता कार्यान्वयन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन


काठमाडौं ।  सरकारले डा. गोविन्द केसीसँग विभिन्न समयमा भएका सम्झौता कार्यान्वयनगरी अगाडी बढाउन पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । डा केसी र सरकार बीच बिभिन्न समयमा भएका सहमतीको अध्ययनगरी कार्यान्वयनको चरणमा लैजान पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दिपेन्द्ररमण सिंहको संयोजत्वमा उक्त समिति गठन गरेको बताए । समितिको सदस्यमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला र शिक्षा, स्वास्थ्य र कानून मन्त्रालयका सहसचिव सदस्य छन् ।
समितिलाई सरकारसँग भएका सम्झौता प्रतिवद्धता कार्यन्वयनको अवस्थाबारे चिकित्सा शिक्षा आयोग, मन्त्रालय र परिषद्हरुसँग छलफलगरी कार्यान्वयन वाँकी रहेका सहमति, कार्यान्वयन अवस्था र गर्नुपर्ने कामबारे ठोस सुझाब पेश गर्न कार्यदेश दिइएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com