डब्लुएचओ दक्षिणपूर्वी एशियाको क्षेत्रीय निर्देशकमा नेपालले डा. आचार्यकाे नाम सिफारीस गर्ने


काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लुएचओको दक्षिणपूर्वी एशियाको क्षेत्रीय निर्देशकमा नेपालले डा शम्भु आचार्यको नाम सिफारीस गर्ने भएको छ । हरेक ४ वर्षमा हुने निर्वाचनका लागि नेपालले यस पटक डा आचार्यको नाम सिफारीस गरेको हो । उनी डब्लुएचओमै आवद्ध छन् ।
सन् २०१८ मा भएको निर्वाचनमा भारतकी डा. पुनम क्षेत्रपाल सिंह चुनिएकी थिईन् । संगठनको ७१ औं दक्षिणपूर्वी क्षेत्रीय सभा दिल्लीमा भएको थियो । दिल्लीमा आयोजित क्षेत्रीय सभामा पुनमको दोश्रो कार्यकालका लागि नेपालले सहमति दिइएको हो । यस पटक भने नेपालले उमेद्धार अगाडी सारेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालबाट डा आचार्य र बंगलादेशबाट पनि उमेद्धारी दिएको बुझिएको छ । यस क्षेत्रमा ११ राष्ट्र आवद्ध रहेका छन् । नेपाल र बंगलादेश बीच चुनाव हुने देखिएको छ । ४ वर्षको कार्यकाल रहेको क्षेत्रीय निर्देशकमा डा. पुनम सन् २०१४ र १८ मा चुनिएकी हुन् । त्यसअघि उनी सन् २००० यता विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एशियामा उपनिर्देशककी रुपमा कार्यरत थिइन् ।
दक्षिण एशियाली क्षेत्रका सदस्य राष्ट्रहरुबीच अत्यावश्यक, औषधि, उपकरण तथा परीक्षण प्रविधिहरुलाई सस्तो र सुलभ बनाउने सहमति भएको थियो । तर, त्यसको अनुभुती अहिले सम्म जनताले गर्न पाएका छैनन् । महंगो मेडिकल सेवाले दक्षिणपूर्व क्षेत्रका राष्ट्रहरुमा तीव्र गरिबी निम्त्याएको भन्दै ११ देशका मन्त्री सहित अधिकारीहरु सम्मिलित बैठकले आवश्यक चिकित्सा उत्पादनमा पहुँच विस्तार गर्ने सम्बन्धी घोषणा गरेको थियो ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com