काठमाडौंका यी क्षेत्रमा कोरोनाको जोखिम बढी


काठमाडौं । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार देशभर ३५ हजार ८ सय ७४ जना एक्टिभ कोरोना संक्रमित छन् । उनिहरु मध्ये ३३ हजार ३ सय ३३ जना घरमा र २ हजार ५ सय ४१ जना सस्थागत अर्थात अस्पतालमा छन् ।

जिल्लागत अनुपातमा सबै भन्दा बढी राजधानी काठमाडौंमा छन् । काठमाडौंमा मात्रै ६ हजार १५ जना कोरोना संक्रमित सक्रिय छन् । काठमाडौंमा महानगरपालीका सहित दश स्थानीय तह मध्ये सबै भन्दा बढी काठमाडौं महानगरपालिकामा कोरोना देखिएको छ ।

त्यस्तै चन्द्रागिरी नगरपालिकामा पनि महानगरपालिका पछि धेरै केस देखिएको छ । महानगरपालिकामा हाल २ हजार ९ सय ४६ जना एक्टिभ संक्रमित छन् । चन्द्रागिरी नगरपालिकामा ६ सय ६१ जना सक्रिय संक्रमित छन् । सबै भन्दा कम संक्रमित दक्षिणकाली नगरपालिकामा छन् । दक्षिणकालि नगरपालिकामा ७३ जना एक्टिभ संक्रमित छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार देशभर ७ लाख ६१ हजार १२४ जना संक्रमित भइसकेका छन् । उनिहरु मध्ये ७ लाख १४ हजार ५२० जना निको भएको तथ्यांक छ । यता काठमाडौंमा मात्रै २ लाख १८ हजार ३१२ जना संक्रमित भएका छन् । उनिहरु मध्ये २ लाख १२ हजार २९६ जना निको भएर गएका छन् । १० हजार ७ सय ३० जनाको मृत्यु भएकोमा काठमाडौंमा मात्रै २ हजार ७ सय ७५ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट मृत्यु हुनेहरु पनि काठमाडौं महानगरपालिका भित्रका छन् । काठमाडौं महानगरपालिका भित्र ५ सय २९ जनाको मृत्यु भएको छ । साथै महानगरभित्रका बिभिन्न अस्पतालमा १ हजार १ सय १३ जनाको मृत्यु भएको छ । ठुलो संख्यामा मृत्यु हुनेहरु कोभिड अस्पताल हैनन् । त्यसैले यो मृत्युलाई मन्त्रालयले अन्य अस्पताल भनेर नामाकरण गरेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com