स्वास्थ्य लाइभ प्रभाव

निक्ष पछाडि स्वास्थ्य मन्त्रालयको झाडी फाल्ने मन्त्री देखिए उमेश


काठमाडौं । तत्कालीन् स्वास्थ्य सहायक मन्त्री निक्ष सम्शेर राणा पछाडि स्वास्थ्य मन्त्रालयमा फैलिएको झाडी अहिलेसम्मका मन्त्रीले देखेका थिएनन् । तर १७ वर्ष पछाडि स्वास्थ्य मन्त्रालयमा फैलिएको झाडी स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले देखेका छन् ।

स्वास्थ्य लाइभले ‘निक्ष पछाडिका मन्त्रीले नदेखेको स्वास्थ्य मन्त्रालयको झाडी’ शीर्षकमा समाचार लेखेपछि मन्त्री श्रेष्ठले मन्त्रालय सरसफाइमा विशेष ध्यान दिएका छन् । उनले मन्त्रालय वरिपरि रहेको झाडी, भित्ताभरीको झार सफा गर्न लगाएका छन् । तत्कालीन् मन्त्री निक्षले सचिवलगायत मन्त्रालयका कर्मचारीको सहयोग नपाएपछि आफैंले मन्त्रालयको झाडी, झार उखेल्नेलगायत सरसफाइका काम गर्नुपरेको थियो । तर अहिलेका राज्यमन्त्री श्रेष्ठलाई सचिव रोशन पोखरेलसहितको टिमले मन्त्रालय सरसफाइमा साथ दिएको छ । सचिवले नै व्यवस्थापन गरेपछि मन्त्रालयको झाडी फाल्न तत्कालीन् सहयाकमन्त्री निक्ष राणा जस्तो अहिलेका राज्यमन्त्री उमेश श्रेष्ठ मैदानमा उत्रनु परेन ।

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा १७ वर्ष अगाडि स्वास्थ्य मन्त्री आफै संलग्न भएर सरसफाई गरिएका मन्त्रालयका भित्ताहरु र वरिपरिको फोहोर व्यवस्थापन गर्न सक्ने चेत भएको मन्त्री त्यसपछि स्वास्थ्यले पाउन नसकेको थिएन तर अहिले श्रेष्ठले मन्त्रालय सरसफाइमा ध्यान दिन थालेको स्वास्थ्यका अधिकारीहरू बताउँछन् ।

१७ वर्षसम्म मन्त्रीमा मात्र होइन कर्मचारीमासमेत मन्त्रालय सफा गर्नुपर्छ भन्ने चेत पलाएको देखिएन । मन्त्री श्रेष्ठ र सचिव पोखरेलमा भने मन्त्रालय सफा पार्नुपर्छ भन्ने चेत पलाएको देखिएको छ । निक्ष पछाडि स्वास्थ्यमा दर्जनौं मन्त्री र सचिव फेरिए तर मन्त्रालय फेरिएन । मन्त्री फेरिएर उमेश श्रेष्ठ आउने बित्तिकै स्वास्थ्य मन्त्रालय फेरिने छाँट देखिन थालेको छ ।

तत्कालीन् स्वास्थ्य सहायक मन्त्री निक्षले सचिवलाई बोलाएर मन्त्रालयको अहिलेको जस्तै रहेको झाडी, भित्ताभरीको झार सफा गर्न भनेका थिए । तर सचिवले एक हप्तासम्म सफा नगरेपछि १० औं दिन आफैँ गएर मन्त्रालय सफा गरेका थिए ।

 

स्वास्थ्य लाइभले पुरानो कुरा प्रकाशमा ल्याइदिएपछि बुधबार मन्त्रीको निर्देशनमा मन्त्रालयका भित्ताहरुमा झाडी फालिएको छ । लेउ हराइएको छ । आगन्तुक कक्षमा सफा चिटिक्क पारिएको छ । मन्त्रालयको आँगन, छत, भित्ता तथा वरिपरिको अवस्था पुरै परिवर्तन भएको छ । नयाँ टिमले स्वास्थ्यमा आमूलपरिर्वतन गर्न खोजेको देखिन्छ ।

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com