एक सय बिरामीको भरोसाको केन्द्र शिक्षण अस्पतालकी कार्यालय सहयोगी


काठमाडौं । दोलखा चामुण्डा निवासी हर्क बहादुर शाहीकी ७ महिने छोरी यमूना शाही सिकिस्त बिरामी भईन् । गरिब परिवार भएकाले ठूलो अस्पताल पुर्याउन सकेनन् । जिल्लाकै स्वास्थ्य संस्थामा सामान्य उपचार गरे तर, बिरामी छोरीको स्वास्थ्यमा थप समस्या बढ्दै गयो ।

आर्थिक अवस्था कमजेर भएकाले उनका बुबा हर्कबहादुर शाहीले सुर्खेत अस्पताल लगे । त्यहाँ ठिक नभएपछि चिकित्सकले गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र रिफर गरे । गंगालालले कान्ति बाल अस्पताल रिफर गर्यो तर कान्ति बाल अस्पताललेसमेत सिकित्त बिरामी चक्रपथमा रहेको मेट्रो अस्पताल पठायो । त्यहाँ पनि बच्चाको उपचार सम्भव नभएपछि मेट्रोले शिक्षण अस्पताल महाराजगञ्ज पठाएको उनका बुबा हर्कबहादुर बताउँछन् । बाबु हर्कले भनेर, रिन गरेर ल्याएको केही रकम पनि अस्पताल डुलाउँदा-डुलाउँदै सकियो तर छोरीको उपचार गर्न पाईएन । हर्क भोकै बसेर छोरीको उपचारमा जुटेको देखेपछि शिक्षण अस्पताल महाराजगञ्जकी एक जना कार्यालय सहयोगी सामना थापाले उनको छोरीको उपचारमा सहयोग जुटाइदिएकी थिइन् । पिडित हर्क भन्छन्, ‘छोरीलाई निमोनिया भएको रहेछ समाजसेवी थापाको सहयोगले छोरीको उपचार सम्भव भयो ।’

हाल धादिङ् निवासी ४५ वर्षीय माया खत्रीको उपचार पनि आर्थिक अभावले अड्कीएको थियो । पाठेघरको क्यान्सरले थलिएकी मायाको आन्द्रामासमेत समस्या देखिएपछि उपचारका लागि शिक्षण अस्पताल पुगीन् । मायाको शल्यक्रिया गर्नुपर्ने देखियो तर, उनीसँग त्यसका लागि चाहिने साढे २ लाख रुपैयाँ थिएन । पुग नपुग २५ हजार बोकेर आएका खत्री परिवारले आर्थिक सहयोगको अपिल गरेका छन् ।

खत्री परिवारको उपचारमा पनि सामना थापा जुटेकी छन् । उनले सहयोगको अपिल गर्दै उपचार नियमित गराएकी छन् । पीडित परिवार थापा र उपचारमा संलग्न चिकित्सक नर्स तथा अन्य कर्मचारी भगवान भएर देखिएको बताउँछन् । परिवारका सदस्यकाअनुसार उनीहरुको सहयोग नपाएको भए शल्यक्रिया सम्भव थिएन ।

थापाले सहयोग गरेका प्रतिनिधिमूलक पात्र मात्रै हुन् खत्री र शाही । उनले विगत पाँच वर्षमा एक सय गरिब तथा विपन्न वर्गका नागरिकलाई उपचारमा आर्थिक सहयोग गरेकी छन् । कतिपयलाई व्यक्तिगत सहयोग र कतिलाई सबैबाट आर्थिक सहयोग जुटाएर सेवा दिएकी छन् । ‘थापा भन्छीन्, ‘मैले यस बिचमा आर्थिक रुपले उपचार गराउन सम्भव नभएका एक सयलाई सबैको सहयोग मागेर उपचार सम्भव गराएकी छु। जस जसले सहयोग गर्नुभएको छ उहाँहरु प्रति कृतज्ञ छु ।’, थापाले विषेशगरी नुवाकोट, धादिङ्, रुकुम, रोल्पा, उदयपुर, हुम्ला, जुम्ला लगायतका क्षेत्रका नागरिकलाई सहयोग जुटाएकी छन् । उनलाई सहयोग जुटाउन अस्पतालका चिकित्सक नर्सहरुले ठूलो साथ दिएका छन् । मावता नै ठूलो धर्म भएको र अन्यलाई पनि यसरी नै सहयोग गर्न पाउँ भन्ने उनको कामना छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com