वीर अस्पताल अगाडिको ‘छ्याकन दह’ हटाउने तयारी


काठमाडौं । वीर अस्पातल अगाडिको बाटोमा पानी जमेर दह बन्ने समस्या हटाउने विषयमा युनिफाइड कोभिड १९ अस्पताल, वीरका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्रकुमार बस्नेतले प्रतिनिधिसभाका सदस्य भिमसेनदास प्रधानसँग परामर्श गरेका छन् । यस अघिका नेतृत्वले ‘छ्याकन दह’ हटाउने प्रयास नगरेको भन्दै आलोचना भइरहेको अवस्थामा बस्नेतले त्यो ठाउँमा पानी जम्न नदिने गरी व्यवस्थापन गर्न सांसद प्रधानलाई आग्रह गरेका छन् । सांसद प्रधानको पहलमा त्यो ठाउँमा बन्दै आइएको ‘छ्याकन दह’ हटाउने तयारी भएको हो ।

वीर अस्पतालमा सांसद प्रधान र प्रमुख प्रशासकीय अधिकारी बस्नेतबीच वीर अस्पताल वरिपरिका बाटोमा देखापरेका समस्या समाधान गर्ने सहमति भएको छ ।
त्यसका लागि आफैं लागिपरेर काम गर्ने र वीर अस्पतालमा अगाडि ‘छ्याकन दह’ रहेको गुनासो सधैका लागि अन्य गर्ने गरी काम गर्ने कांग्रेस सांसद प्रधानको भनाई छ । वीर अस्पताल अगाडिको बाटोमा रहेको पार्किङलगायतका अन्य कुरा व्यवस्थापन गरेर वीरको सेवालाई चुस्तदुरुस्त पार्न सक्दो सहयोग गर्ने उनको प्रतिबद्धता छ ।

प्रमुख प्रशासकीय अधिकारी बस्नेतले पनि आफूले देखिनेगरी काम गर्न चाहेको बताए । वीर अस्पताल सुधारमा डटेर लागि परेको बताउँदै उनले अस्पताल अगाडिको दह चाँडै हट्ने विश्वास दिलाए ।

ढल, पार्किङ, बाटो र सूर्तीजन्य पदार्थ सेवनलाई रोक्न काम आफ्नो प्राथमिकता रहेको बस्नेतले बताए । वीर अस्पतालकी उप प्रमुख प्रशासकीय अधिकारी डा अनुपमा कार्कीले सबै मिलेर समस्या समाधान गर्नुपर्ने बताइन् ।

 

भुपेन्द्र बस्नेत प्रमुख प्रशासकीय भएर आउने बित्तिकै ट्वीटरमा वरिष्ठ चिकित्सक सुधांशु केसीले ‘जो आए पनि यही छ्याकन_दह भएरै आउने हो, जाने बेलामा पनि यही तरेरै जाने हो ! जय होस् आउने र जानेको’ भन्दै व्यंग्य गरेका थिए । त्यसैको प्रभाव पनि हुन सक्छ अहिले बस्नेत वीर अस्पताल अगाडिको ‘छ्याकन दह’ हटाउन लागिपरेका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com