नेपालमा ५ लाखमा हुने मिर्गौला प्रत्यारोपणमा झलनाथले ८१ लाख सिध्याए


काठमाडौं । नेपालमा ५ देखि १० लाखमा हुँदै आएको मिर्गौला प्रत्यारोपण पूर्व प्रधानमन्त्री झलनाथ खनालका लागि ८१ लाख रुपैयाँ लागेको तथ्य फेला परेको छ ।

भारतस्थित अपोलो हस्पिटलमा मिर्गौला प्रत्यारोपण गराएका झलनाथ खनालले राज्यलाई ८१ लाखको बिल तिराउन लगाएका छन् । उनले कानुनविपरीत राज्य कोषबाट उक्त रकम पाएका हुन् ।

नेपालमा गर्ने हो भने झलनाथ खनालको जस्तो मिर्गौला प्रत्यारोपण गर्न बढीमा १० लाखसम्म लाग्छ । पूर्व प्रधानमन्त्री केपी ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्दा ५ लाख पनि लागेको थिएन । तर, दिल्लीमा मिर्गौला प्रत्यारोपण गराएर खनालले राज्यलाई ८१ लाख चुना लगाएछन् ।

धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्रेमराज ज्ञवालीकाअनुसार नेपालमा मिर्गौलाका शल्यक्रिया गर्न ५० हजार रुपैयाँ लाग्ने गरेको छ । बेडलगायतका अन्य खर्च जोड्दा ५/६ लाखमा पुरै बिरामीलाई निको पारेर घर पठाउन सकिने उनको भनाई छ । भारतमा पनि बढीमा २० लाख भारूमा मिर्गौला प्रत्यारोपण हुने ज्ञवालीको दाबी छ ।

पूर्व प्रधानमन्त्री खनालको मिर्गौला प्रत्यारोपण ८१ लागेको कुरामा परराष्ट्र मन्त्रालयका अधिकारी नै आश्चर्यमा परेक छन् । ती अधिकारीकाअनुसार खनालले ‘फाइभ स्टार’ सुविधा उपभोग गरेको र धेरै मान्छे लगेकाले राज्यलाई अनावश्यक भार पर्न गएको हो । उनलाई हेर्ने बाहनामा गएकाहरुलाई पनि राज्यले नै पाल्नु परेकाले तीन गुणा बढी पैसा सरकारी कोषबाट तिर्नु परेको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको आरोप छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com