वीपीको समाचारमा आफ्नो नाम जोडिएको भन्दै डा. ठाकुरको आपत्ती


काठमाडौं । वीपी कोराइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका डा दिलिप ठाकुरले समाचारमा आफ्नो नाम जोडिएको विषय प्रति ध्यानाकर्षण भएको बताएका छन् । गत २२ साउनमा स्वास्थ्य लाइभमा प्रकाशित ‘यी हुन् वीपीका पदाधिकारी हटाउने आधार’ शिर्षकमा प्रकाशित समाचारमा आफ्नो नाम जोडिएको भन्दै आपत्ती जनाएका हुन् ।

वीपीका पदाधिकारीको समाचारमा आफ्नो समेत नाम जोडिएर आएको भन्दै सो समाचारले आफ्नो ध्यानाकर्षण भएको ठाकुरले स्वास्थ्य लाइभलाई पठाएको पत्रमा उल्लेख छ । डा गुुरु खनाल शिक्षाध्यक्ष हुदा उनका बिस्वासपात्र डा दिलिप ठाकुरलाई एमबीबीएस परीक्षाको प्रश्नपत्र बनाउने जिम्मा दिएर आफ्नै छोरीलाई उत्तीर्ण गराएको र त्यसको पुरस्कार स्वरुप डा ठाकुरलाई अस्पतालको सह निर्देशकमा नियुक्ति गरेको आरोप प्रतिष्ठान भित्र अहिले पनि छ । उक्त आरोपका विषयमा अहिले सम्म छानविन भएको छैन ।

तर, ठाकुरले सोही आरोपलाई अस्वीकार गर्दै आफ्नो कुनै संलग्नता नभएको पत्रमा स्पष्ट पारेका छन् । उनले भनेका छन्, ‘समाचारमा उल्लेख गरिएको परीक्षा को प्रश्नपत्र बनाउने विज्ञहरुको समूहमा म नरहेको जानकारी गराउँछु ।’

वीपीको अनियमितताको विषय चरणबद्धरुपमा उठाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत २८ साउनमा छापा मारेको छ । अहिले अख्तियारबाट छानविन सुरु भएको छ भने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पदाधिकारीलाई अर्थिक कारोबार नगर्न निर्देशन सहितको परिपत्र गरिसकेको छ । स्वास्थ्य लाइभ मिडियाले स्वास्थ्य क्षेत्रमा भएको अनियमिततालाई मसिनोगरी केलाउन थालेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com