स्वास्थ्य राज्यमन्त्रीको पहलमा बैंकहरूले आधा अर्ब सहयोग गर्दै


काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको पहलमा बैंक तथा वित्तीय संस्थाहरूले स्वास्थ्य क्षेत्रका पूर्वाधार विकास र विस्तारमा करिब आधा अर्बको सहयोग गर्ने भएको छ ।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठकाअनुसार अस्पतालहरुमा आवश्यकताको अध्ययन गरेर उक्त रकम खर्च गरिने छ ।

सरकारी अस्पताल सुधारका लागि आवश्यकता हेरेर भौतिक पूर्वाधारमा उक्त पैसा खर्च गरिने उनको भनाई छ ।

बैंक तथा वित्तीय संस्थाले सरकारलाई ४० करोड भन्दा बढी सहयोग गर्नका लागि आवश्यकता क्षेत्र पहिचान गर्न मन्त्रालयले कार्यदलसमेत बनाइसकेको राज्यमन्त्री श्रेष्ठले जानकारी दिए ।

मन्त्रालयले प्रमुख विशेषज्ञ डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा नेपाल बैंकर्स एसोसिएसनलगायतका वित्तीय क्षेत्रमा आबद्ध संस्थाका पदाधिकारी समेटेर कार्यदल निर्माण भएको हो ।

कार्यदलमा स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखा प्रमुख डा. पवनजंग रायामाझी, वीर अस्पतालमा प्रमुख कार्यकारी अधिकारी डा. भुपेन्द्र बस्नेत, नेपाल बैंकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा र

बैंक तथा वित्तीय परिसंघको वरिष्ठ उपाध्यक्ष भोज बहादुर शाह, परिसंघ कै गोपाल तिवारी सदस्य रहेका छन् ।

कार्यदलको सदस्य सचिव स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटा रहेका छन् ।

अस्पतालहरूमा सहयोगको क्षेत्र पहिचान भएपछि उक्त रकम त्यो क्षेत्रमा खर्च गरिने राज्यमन्त्री श्रेष्ठले जनाए । त्यसका लागि तत्काल काम थाल्न निर्देशन दिइसकिएकाले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्न यो सहयोगले महत्त्वपूर्ण योगदान गर्न उनको विश्वास छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com