कान्तिपुर डेन्टलको सुबिधा सम्पन्न ल्याव विमानस्थलमा, ३० मिनेट भित्र उच्च गुणस्तरको रिपोर्ट


काठमाडौं । कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुबिधा सम्पन्न ¥यापिट पिसिआर ल्याब सञ्चालनमा ल्याएको छ । विभिन्न मुलुकहरुमा जाने नागरिकको सहजता र गुणस्तरीय सेवाका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ¥यापिट पिसिआर ल्याब सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ ।

नेपालबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुदै बाहिरिने व्यक्तिहरुका लागी ७२ घण्टा (३ दिन) र विमान उड्नुभन्दा ४ घण्टा भित्रको पिसिआरलाई अनिवार्य गरेसँगै जाँच गराउनेहरुको घुइँचो दिनानुदिन बढिरहेको छ । उक्त कुरालाई मध्यनजर गर्दै अस्पतालले विमानस्थल परिसर भित्र ल्याब सञ्चालनमा ल्याएको एक विज्ञप्ती मार्फत जनाएको छ ।

Singuway नामक ब्राण्डको मेसिन मार्फत सर्वसाधारणहरुको पिसिआर जाँच गरि ३० मिनेट भित्र रिपोर्ट दिने छ । विमान स्थल र बाहिर भएका अन्य प्रयोगशाला भन्दा कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले संचालनमा ल्याएको ल्याबले छिटो र भरपर्दो सेवा दिने अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले बताए । श्रेष्ठले आगामी दिनमा यस अस्पतालबाट कोभिड महामारीमा आधुनिक उपकरणहरुको प्रयोग गर्दै सेवा दिने बताए ।

दन्त स्वास्थ्यमा एउटा छुट्टै छवि बनाएको कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले जेनरल हस्पिटलको सेवा सुचारु गरेको ८ वर्ष भैसकेको छ । तसर्थ, आगामी दिनमा यस संस्थाले विभिन्न किसिमका स्वास्थ्य सेवा विस्तार गर्दै सामाजिक कार्यमा अग्रणी भुमिका निर्वाह गर्ने कुरा पनि जनाएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com