स्वास्थ्य मन्त्रालयको ट्वाइलेटसमेत कब्जा गर्ने एनएचएसएसपी बिजुली, पानीको पैसा पनि आफू तिर्दैन


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नै कब्जा गरेर बसेको नेपाल हेल्थ सपोर्ट कार्यक्रम (एनएचएसएसपी) ले बिजुली, पानीको बिल पनि सरकारलाई तिराउदै आएको पाइएको छ ।              २०६५ सालदेखि स्वास्थ्य मन्त्रालयमा शंकास्पद गतिविधि गर्दै आएको एनएचएसएसपीलाई स्वास्थ्य सचिव र स्वास्थ्य मन्त्रीले प्रत्यक्ष संरक्षण गर्दै आएका छन् । स्वास्थ्य मन्त्रालयको ट्वाइलेटसमेत कब्जा गर्ने एनएचएसएसपी बिजुली, पानीको पैसा पनि सरकारलाई नै तिराउने गरेको मन्त्रालयका अधिकारीहरु बताउँछन्  । ‘मन्त्रालयको स्रोत साधन मात्र होइन, एनएचएसएसपीले अन्य दायित्व पनि सरकारलाई नै बोकाउने गरेको छ । सरकार भन्दामाथि भएको रबैया देखाए पनि कसैले मन्त्रालयबाट बाहिर निकाल्ने आँट गरेको छैन ।’ ति अधिकारीले भने । स्वास्थ्य क्षेत्रमा ब्रह्मलुट मच्चाइरहेको र आफ्नो स्वार्थपूर्तिका जे सुकै गर्न सक्ने एनएचएसएसपीलाई मन्त्रालयबाटबाहिर ननिकाले राज्यले ठूलो क्षति व्योहोर्नु पर्ने सुझाव सरोकारवालाहरू पटकपटक आइरहेको छ । तर सरकारी उच्च अधिकारीहरू कै संरक्षणमा एनएचएससपीले स्वास्थ्य मन्त्रालयको भौतिक पूर्वाधारमा रजाईं गरिरहेको छ । तीन तला माथिकाे आधा भाग एनएचएसएसपीले कब्जा जमाएर बसिरहेको छ । सचिव र मन्त्रीको आडमा बसेको एनएचएसएसपीले स्वास्थ्य मन्त्रालयको नीति निर्माणदेखि सरकारी कर्मचारीले गर्नु पर्ने काममा समेत हस्तक्षेप गर्दै आएको छ ।
एनएचएसएसपीका एक जिम्मेवार अधिकारीले महिनाको एक लाखका दरले तीन महिनाको बिजुलीकाे रकम तिर्ने गरेको बताए । तर, स्वास्थ्य मन्त्रालय लेखा शाखाका अनुसार गर्मी मौसममा महिनामा दुई लाख र जाडोमा ४ लाख बिल उठ्छ । एनएचएसएसपीले तीन महिनाको तीन लाख तिरेर ९ महिनाको सबै रकम स्वास्थ्य मन्त्रालय आफैले तिरिरहेको छ । यसले पनि बिजुलीको रकममा अनियमितता गरेकाे अनुमान अधिकारीहरुकाे छ ।   मन्त्रालय कब्जा गरेको बिषयमा चौतर्फी बिरोध भएपनि सचिव र मन्त्रीले अहिले सम्म एनएचएसएसपीलाई हटाएका छैनन् । तर, एनएचएसएसपीले भने मन्त्रालय छाड्न बाहिर अफिस बिस्तार गरेको पाइएको छ । उनिहरु मन्त्रालयले छाड्न भने लगत्तै हिड्ने छन् । आफ्नो नाम उल्लेख नगर्ने सर्तमा एनएचएसएसपीका अधिकारीले भने, ‘हाम्रो बोडमा यस बिषयमा छलफल भइसकेको छ । मन्त्रालयले अहिले सम्म जा भनेको छैन । यदी भनेको दिन हामीले छाड्ने छौं ।’ एनएचएसएसपीमा कृष्णप्रसाद शर्मा, सुरेश तिवारी र डा. सुशील बरालको हालिमुहाली छ ।
एनएचएसएसपीले अाफै फायल उठाउने, फाइल सदर गराउने र पत्र तयार पार्नेसमेत काम गर्ने गरेकाले मन्त्रालयका सबै काममा सहजै पहुँच पुग्ने गरेको छ । स्वास्थ्यकाकानुन तथा नीति बनाउने काममा उक्त संस्थाको हस्तक्षेपकारी भूमिका रहँदै आएको छ । राष्ट्रको हित र संवेदनशिलतामा आँच पुग्ने एनएचएसएसपीका यस्ता गतिविधि र विषयमा स्वास्थ्य लाइभले पटकपटक कुरा उठाए पनि स्वास्थ्य मन्त्रालयको नेतृत्व मौन देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com