चीन रिसाएपछि नेपाललाई दिने १६ लाख डोप खोप अन्यौलमा


काठमाडौं । नेपाल सरकारलाई दिने भनेको १६ लाख डोज खोप नेपाल सरकारले प्राप्त गर्न सकेको छैन । कांग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री भएलगत्तै चीनले १६ लाख डोप खोप नेपाललाई अनुदान दिने घोषणा गरेको थियो । तर नेपाल सरकारले नेपाल चीनबीच हुम्लाको नाम्खामा भएको सीमा विवाद अध्ययन गर्न कार्यदल गठन गरेपछि चीन रिसाएको हो ।
प्रधानमन्त्री देउवालाई बधाई दिन क्रममा चिनीयाँ राजदूत होउ यान्छीले १६ लाख भेरोसेल खोप उपहार दिने घोषणा भएपनि दिने/नदिने विषयमा पछिल्लो समय चीनले कुनै प्रतिक्रिया दिएको छैन ।
अर्थ मन्त्रालय उच्च स्रोतकाअनुसार अर्थमन्त्री जनार्दन शर्माले सरकारसँग चीन रिसाएकाले १६ लाख अनुदानको खोप आउने कुरा अनिश्चित रहेको बताउने गरेका छन् । अर्थमन्त्री शर्माले चीन पछिल्लो समय रिसाएको छ भन्ने गरेका छन् । त्यसको कारण सीमा विवाद हुन सक्ने मन्त्रालयका अधिकारी बताउँछन् ।
यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरू पनि चीनले दिने भनेको १६ लाख डोज भेरोसेल खोप आउने कुरा निश्चित भइनसकेको बताउँछन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक आरपी बिच्छाले चीनले अनुदानमा उपलब्ध गराउने खोप आउने कुरा टुंगो लागिनसकेको बताए ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com