ट्रमाको निर्देशक नियुक्तीमा पनि बालुवाटार हाबी


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको सरुवामा पनि बालुवाटार हाबी भएको छ । बालुवाटारले चाहेको व्यक्ति राष्ट्रिय ट्रमा सेन्टरको निर्देशक बनाईको छ । यस अगडाी धनगढीमा कार्यरत दशौँ तहका चिकित्सक प्रमोद जोशीलाई स्वास्थ्य मन्त्रालयले सोमबार सेन्टरको निर्देशक बनाएको छ ।

स्वास्थ्य मन्त्रालयल ११ तहको चिकित्सकलाई निर्देशक बनाउने पक्षमा उभिएको थियो । तर, प्रधानमन्त्री पत्नी आरजु देउवा र उनको भाइको दवाबमा फेरी स्वास्थ्यको सरुवामा हस्तक्षेप भएको छ । ट्रमा सेन्टरका निमित्त निर्देशक डा. सन्तोष पौडेललाई कान्ति बाल अस्पतालमा सरुवा गरिएको छ ।

नियम अनुसार सरुवा नभएका कारण सचिव र मन्त्रीसँग चिकित्सकहरु रुष्ट बन्न थालेका छन् । मन्त्रालय अधिकारीहरु समेत पछिल्लो गतिविधि प्रति निरास हुदै गएका छन् । आफ्नो अधिकार स्वास्थ्य मन्त्रालयले प्रयोग गर्न नपाएपछि स्वास्थ्य मन्त्रालय नै कोल्याप्स हुने कर्मचारीमा चिन्ता बढेको छ ।

यता राष्ट्रिय स्वास्थ्य सूचना केन्द्रको निर्देशकमा सुनिल शर्मालाई पठाइएको छ । उनको दरबन्दी सोही केन्द्रमा छ । सूचना केन्द्रकी निर्देशक राधिका थपलियालाई स्वास्थ्य सेवा विभागमा तानिएको छ । थपलियाको कामप्रति स्वास्थ्य मन्त्रालयका अधिकारीहरु असन्तुष्ट रहँदै आएका थिए । उनीमाथि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको फोनसमेत इग्नोर गर्ने गरेको आरोप लाग्दै आएको थियो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com