१८ वर्षमाथिका विद्यार्थी, ४० वर्ष पूरा भएका सम्पूर्ण नागरिकलाई खोप


काठमाडौं । सरकारले १८ वर्षमाथिका सबै विद्यार्थी र ४० वर्ष पूरा भएका सम्पूर्ण नागरिकलाई कोभिड १९ बिरुद्धको खोप दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको निर्देशनमा तत्काल विद्यार्थी र ४० वर्षमाथिका सम्पूर्ण नागरिकलाई खोप लगाउने तयारी गरिएको हो । स्वास्थ्य सेव विभागले आज एडभाइजरी बोर्डको बैठक राखेर खोप लगाउन १० दिने कार्यतालिका सार्वजनिक गर्दैछ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. आरपी बिच्छाले यो चरणमा २३ लाख खोप लगाउने बताए । त्यसका लागि बैठक बसेर कार्यतालिका सार्वजनिक गर्ने उनको भनाइ छ । राज्यमन्त्रीको निर्देशनअनुसार चीनसँग सीमा जोडिएका जिल्लामा पनि यसै चरणमा पूर्ण खोप लगाउने विभागको तयारी छ । महानिर्देशक बिच्छाले ती जिल्लामा पूर्ण खोपको तत्काल प्रबन्ध हुने बताए ।

राज्यमन्त्री श्रेष्ठले अर्थतन्त्र चलायमान बनाउन आर्थिक गतिविधिमा संलग्न लक्षितवर्गलाई पनि पूर्ण लगाउने कुरा प्राथमिकतामा राखेका छन् । त्यो वर्गलाई अर्को चरणमा खोप दिने स्वास्थ्यको तयारी छ ।
यता १८ वर्षमुनिका बालबालिकालाई खोप लगाउनका लागि मोडेर्ना र फाइजरको खोप किन्ने प्रक्रिया अघि बढिसकेको छ । राज्यमन्त्री श्रेष्ठले बालबालिकालाई लक्षित गरेर ४० लाख डोज मोडेर्ना खोप ल्याउने प्रक्रिया अघि बढिसकेको छ । राज्यमन्त्री श्रेष्ठकाअनुसार ६० लाख डोज फाइजरको खोप किन्ने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ ।

चीनबाट यसै हप्ताभित्र ४५ लाख डोज भेसोसेल खोप आउने भएको छ । खोप भण्डारका लागि प्रयाप्त ठाउँ भएको र धमाधम खोप लगाउन राज्यमन्त्री श्रेष्ठले निर्देशन दिएपछि चीनबाट खोप ल्याउने प्रक्रिया अघि बढाइएको हो ।
प्रधानमन्त्री शेर बहादुर देउवाको एकमात्र खोप, खोप र खोप मिसनलाई राज्यमन्त्री श्रेष्ठले सफल पार्न छाँट देखाएका छन् ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com