सरकारलाई जस लिन जीवन जोखिममा राख्ने स्वास्थ्यकर्मीको फोटो चाहिने, पदक भने आइएनजिओकर्मीलाई


काठमाडौं । सरकारले काम गरेको जस लिन जीवन जोखिममा राखेर काम गर्ने स्वास्थ्यकर्मीको फोटोको शाहारा लिएको थियो । राष्ट्रिय, अन्तर्राष्ट्रिय मिडियामासमेत तिनै कर्तव्यनिष्ठ स्वास्थ्यकर्मीले जीवन आहूती दिएर खोप कार्यक्रम चलाएको कुराले प्राथमिकता पायो ।

 

नेपाल सरकारले पनि जीवन जोखिममा राखेर गाउँ- गाउँमा गएर खोप कार्यक्रम चलाउने स्वास्थ्यकर्मीको फोटो राखेर ”क्रेडिट’ लिने काम गऱ्यो । सरकारले पहिरो, बाढी, बर्खा, भेल केही नभनी खोप वितरण गर्न खटिएका स्वास्थ्यकर्मीको हृदयविदारक फोटो राखेर मिडियामा विज्ञापन नै गरेर जस लिने काम गरेको छ । तर निजामती पुस्कार र संविधान दिवसको दिने पदकमा जीवन जोखिममा राखेर काम गर्ने खोप कार्यक्रमलगायतमा खट्ने स्वास्थ्यकर्मीलाई पुरै उपेक्षा गरेको पाइएको छ । बरू स्वास्थ्य मन्त्रालय कब्जा गरेर सरकारी स्रोत साधनको चरम दुरुपयोग गर्ने एनएचएसएसपीका डा. सुशील बराल, निक साइमनका डा. मोहम्मद काशिम शाह, शंकर अक्सिजन प्रालिका शंकर अग्रवाललगायतलाई पदकका लागि सिफारिस गरेर जोखिममा खटिएका स्वास्थ्यकर्मीमाथि मजाक गरेको छ ।

तत्कालीन स्वास्थ्य सचिव लक्ष्मण अर्यालले मन्त्रालयमा टाइ लगाएर बस्ने सुकिलामुकिला आइएनजिओकर्मीलाई पदक दिन योग्य देखे तर धुँवा, धूलो र हिलो, बाढी ,पहिरोमा खटिने स्वास्थ्यकर्मीलाई अवमूल्यन गरेका थिए । राज्यको काम देखाउन प्रचार गर्दा आवश्यक परेका स्वास्थ्यकर्मी पदक र पुरस्कार दिनेबेलामा छायाँमा परेका छन् । अर्यालले स्वार्थ हेरेर पदकका लागि सिफारिस गरेका आइएनजिओकर्मी नै मरिमेटेर राष्ट्रको सेवामा स्वास्थ्यकर्मी भन्दाबढी पदकका लागि योग्य देखिएका छन् ।

फ्रन्टलाइनमा खटिनेभन्दा आइएनएनजिओकर्मी पदकका लागि सिफारिस भएको कुरामा स्वास्थ्य मन्त्रालयको नेतृत्वले पनि गम्भीर भएर सच्याउन आवश्यक छ ।

फोटोमा प्रचार गरेको ति राष्ट्रसेवकहरूलाई सम्मान गर्ने बेलामा राज्यले नखोजे पनि स्वास्थ्य लाइभले खोजी गर्दा विज्ञापनमा राखिएको पहिलो फोटो (पिपिइ लगाएको) खोलामा काठको माध्यमबाट भ्याक्सिन क्यारियर तार्ने खोबाङ हेल्थ पोष्ट मुस्ताङमा कार्यरत एच ए लाल बहादुर रोका रहेको पाइएको छ । सोही फोटोमा खोला पारी रहेका ड्राइभर गगन बिक रहेको खुल्न आएको छ ।

सरकारले विज्ञापन गर्दा राखेको रातो सुइटर लगाएर हिलो बाटोमा भ्याक्सिन क्यारियर लिएर हिड्ने उप स्वास्थ्य चौकी धनकुटाका कार्यरत सिनियर अहेव अन्जना तिमिल्सिना रहेको पाइएको छ ।

त्यस्तै निलो रातो कर्मचारी ड्रेसको लुगा लगाएर पहिरोमा भ्याक्सिन क्यारियर लिएर हिड्दै गर्ने रोल्पामा कार्यरत अनमी रेनुका सुवेदी रहेको तथ्य स्वास्थ्य लाइभले फेला पारेको छ ।

फोटोमा देखिएको खोला तर्दै गरेका दुई जनामध्ये दार्चुला हेल्थ पोष्ट इन्चार्ज रोहित धनुक र बेतना हेल्थ कार्यलय सहयोगी सिंहराज भट्ट रहेको खुल्न आएको छ । तर राज्यको मूल्यांकनमा महामारीमा ज्यानको बाजी लगाउने ति स्वास्थ्यकर्मी भन्दा एनएचएसएसपी/हार्डका सुशील बराल, निक साइमन मोहम्मद काशिम शाह, होङसी सिमेन्ट प्रालिका मिस्टर जेहाङ न्हाउ, सिजी फाउण्डेसन महेश नकर्मी, शंकर अक्सिजन प्रालिका शंकर अग्रवाल, युएसएडका नूर पन्त, नेपाल एम्बुलेन्स सर्भिसका रन्जित आचार्य, डब्लुएचओका सुशीलचन्द्र लेखक पदकमा योग्य दर्ज भएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com