फाइजर खोप भण्डारण गर्ने चार फ्रिजर राष्ट्रिय आविष्कार केन्द्रलाई


काठमाडौं । सरकारले १२ देखि १८ वर्ष उमेर समूहका किशोरकिशोरीलाई लक्षित गरी ६० लाख फाइजर खोप ल्याउने तयारी गरेपनि त्यसको भण्डारण क्षमताको बिस्तार गरेको छैन । ४० लाख डोज फाइजरको रकम समेत पठाइसकेको स्वास्थ्य मन्त्रालयले बताएको छ । आगामी पुष माघमा अमेरिकाबाट फाइजर खोप आउने अनुमान सरकारको छ ।

फाइजर खोप आउने निश्चित भएपछि सातै प्रदेशमा माइनस ८० डिग्रीसम्मको खोप भण्डार गर्न मिल्ने संरचना निर्माण गर्ने बताए पनि त्यसको पछिल्लो अवस्थाबारे सरकार जानकार छैन । अमेरिकाको फाइजर एन्ड बायोटेक कम्पनीले उत्पादन गरेको खोप खरिद गर्न लागेको हो ।

यता फाइजर भ्याक्सिन राख्नको लागी अमेरिका बाट राष्ट्रिय आविष्कार केन्द्रलाई ४ वटा फ्रिजर उपलब्ध भएको छ । अधिकारीहरुले बताए अनुसार यसमा माइनस ८६ डिग्री सेन्टिग्रेड तल सम्म तापक्रम हुन्छ । कोरोनाको सहयोगार्थ भनेर अमेरिकामा रहेका नेपालीहरुले संकलन गरेको रकमबाट किनेर पठाएको हो ।

अति चिसो तापक्रम चाहिने खोपहरु राख्नको लागि यस्ता फ्रिजहरु प्रयोग हुन्छन् । ढुवानी र भन्सार सहित यसको मुल्य २९ लाख २० हजार परेको छ । सरकारले सहजै फाइजर र मोर्डोनाका भ्याक्सिनहरु देशभर पुर्याउन सहज होस भनेर यस्ता फ्रिजर उपलब्ध गराएको अमेरिका स्थित राष्ट्रिय आविष्कार केन्द्रका अभियन्ता डा सन्तोष सापकोटाले जानकारी गराएका छन् ।      केन्द्रलाई उपलब्ध गराएका यी फ्रिजहरु कोरोनाको खोप लगाउने काम सकिए पछि अनुसन्धानका कामहरुमा समेत प्रयोग गरिनेछ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com