कृषि विकास बैंककाे ढल व्यवस्थापन गर्ने ठाउँ स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयबाटै सरूवा रोगको महामारी फैलिने खतरा


काठमाडौं । कृषि विकास बैंकले ढल व्यवस्थापन गर्ने ठाउँ स्वास्थ्य मन्त्रालयलाई बनाएको छ । कृषि विकास बैंकले आफ्नो ढल स्वास्थ्य मन्त्रालयतिर पठाउँदा स्वास्थ्यमा हैजा, झाडापखला जस्ता रोगको महामारी फैलने अवस्था सिर्जना भएको छ । महामारी र फोहोर पानीजन्य रोग नफैलियोस भनेर वार्षिक करोडौं खर्च गर्ने स्वास्थ्य मन्त्रालय कृषि विकास बैंकको ढल खान बाध्य छ ।

मन्त्रालयका अधिकारीहरू फोहोर पानीबाट सर्ने रोगको विषमा तारे होटलमा सेमिनार गर्दै हिड्छन् । विभिन्न एनजिओ/आइएनजिओको पैसामा भएका त्यस्ता सेमिनारमा ठूल-ठूला आदर्श छाँट्दै आएका छन् । तर मन्त्रालयमा बैंकले दिसाकाे ढल हालेर हैजा फैल्याउन लाग्दा पनि ति अधिकारीहरूको चासो छैन ।

कृषि विकास बैंकले पठाएको ढल स्वास्थ्य मन्त्रालयले बनाएको नयाँ स्टोर , क्यान्टिन हुँदै सरूवा रोगकोसमेत अध्ययन गर्न वार्षिक करोडौं खर्च गर्न स्थापना गरिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सम्म फैलिएर दुर्गन्धित बनाउँछ । तर वार्षिक करोडौं रुपैयाँ अनुसन्धानमा खर्च गर्ने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लेसमेत कृषिले हैजा फैलनेगरी पठाएको ढल रोक्न पहल गरेको देखिंदैन । कृषिको ढलले गर्दा क्यान्टिनबाट उत्पादित खानेकुरामासमेत रोग फैलिने अवस्था आएको छ ।

विश्व स्वास्थ्य संगठनले त्यहिं स्टोमा खाने कुरा खुवाउँने व्यवस्था गर्न खोजेको थियो । सरकारलाई प्राविधिक सहयोग गर्न मन्त्रालयका प्रत्येक कोठामा उपस्थिति जनाएको डब्लुएचओले पनि त्यो प्राविधिक समस्याको विषयमा सहयोग गर्ने विषयमा अनदेखा गरेको छ ।कृषि विकास बैंकबाट निस्किएको ढल तत्काल व्यवस्थापन नगर्ने हो भने स्वास्थ्य मन्त्रालयबाटै सरूवा रोगको महामारी फैलिने खतरा देखिन्छ । कृषि विकास बैैंकका अध्यक्ष लक्ष्मी प्रपन्न निरौला भने बैंकको ढल स्वास्थ्य मन्त्रालयमा गएको विषय आफूलाई जानकारी नभएको बताउँछन् । ढल व्यस्थापन गर्ने विषयमा निरौलाले पनि खासै चासो दिएनन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com