चीनका २०१४ ब्याचका विद्यार्थीले इन्टर्नसीप गर्न पाउने


काठमाडौं । चीनका २०१४ ब्याचका विद्यार्थीले नेपालमै इन्टर्नसीप गर्न पाउने भएका छन् । चिकित्सा शिक्षा आयोगको निर्णयअनुसार नेपालमै इन्टर्नसीप गर्न पाउनु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएका चीनका १०१४ विद्यार्थीलाई इन्टर्नसीप गर्न काउन्सिलले बाटो खुलाएको हो ।

नेपाल मेडिकल काउन्सिलले आज एक सूचना निकाल्दै असोज ४ ५ र ६ गते बिहान १० बजेदेखि ३ बजे सम्ममा पालो मिलाएर नेपाल मेडिकल काउन्सिलको कार्यालय, बाँसबारी, काठमाडौंमा स्वयं उपस्थित भै फारम बुझाउन र प्रमाणपत्र रूजु गराउनका लागि सूचित गरेको छ ।

काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले कार्यालयमा हुने भिडभाड कम गर्न र तोकिएको समयमा काम सम्पन्न गर्नका लागि आफूलाई बोलाइएको दिनमा नै उपस्थित हुनसमेत जानकारी गराइएको जानकारी दिए । उनले यसको जानकारी सम्बन्धित विद्यार्थीको इमेलमा पठाइएको बताए ।

काउन्सिलका रजिष्ट्रार डा. अधिकारीकाअनुसार चिकित्सा शिक्षा आयोगको मिति २०७८।०३।२३ को सूचना बमोजिम नेपालमा इन्टर्नसीप गर्न पाउँ भनि आवेदन दिने चीनका २०१४ ब्याचका विद्यार्थीलाई काउन्सिलले तोकिएको फाराम भरी फारममा दिइएको विवरणमा उल्लेख भएको कागजपत्र सहित मिति २०७८ असोज ४ ५ र ६ गते बिहान १० बजे देखि ३ बजे सम्ममा पालो मिलाएर नेपाल मेडिकल काउन्सिलको कार्यालय, बाँसबारी, काठमाडौंमा स्वयं उपस्थित भै फारम बुझाउन र प्रमाणपत्र रूजु गराउनका लागि सूचित गरेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ