पहिलोपटक ठूलो मात्रामा चीनबाट खोप आयो 


काठमाडौं । कोभिड १९ बिरुद्धको खोप नेपाल भित्रिएको छ । अहिलेसम्म कै ठूलो परीणममा ४४ लाख डोज खोप नेपाल भित्रिएको हो ।

सरकारले चीनसँग खरिद गरेको भेरोसेल खोप आज नेपाल आइपुगेको छ । नेपाल एयरलाइन्सको विमानमार्फत ४४ लाख डोज खोप नेपाल आइपुगेको छ । चीनबाट आएको खोप रिसिभ गर्न स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।  मन्त्रीका साथमा स्वास्थ्य सचिव रोशन पोखरेल, स्वास्थ्य सेवा विभाग महानिर्देशक आरपी बिच्छालगायत स्वास्थ्यका अधिकारी पनि विमानस्थल पुगेका थिए ।यति ठूलो परीणाममा नेपालमै पहिलोपटक खोप भित्रिएको हो । यस अघिका मन्त्रीको पालामा एक लटमा ८ देखि १० लाख डोजसम्म मात्र खोप आउने गरेको थियो ।

राज्यमन्त्री श्रेष्ठ आएपछि एकैपटक ४४ लाख खोप नेपाल भित्रिएको छ । लक्षित वर्ग र जनसंख्यालाई पुग्नेगरी खोप ल्याउन राज्यमन्त्री श्रेष्ठ लागिपरेका छन् । बालबालिकालाई लगाउन मिल्ने ४० लाख मोडर्ना खोप, फाइजरलगायतका खोप ल्याउन उनी सक्रियताका साथ लागेका हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com