फिल्डमा खटिने स्वास्थ्यकर्मी, पदक ताक्ने आइएनजिओकर्मी


काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा दिइने पदकका लागि दुर्गममा जनताको सेवाका लागि ज्यान दिएर खटिने स्वास्थ्यकर्मी भन्दा मन्त्रालय कब्जा गर्ने आइएनजिओकर्मी योग्य देखिएका छन् ।

बाढी, पहिरो, बर्खा, भेल, भोक, तिर्खा केही नभनी राष्ट्र सेवाको भावले खोप लगाउन खटिएका स्वास्थ्यकर्मी पदकका लागि स्वास्थ्यको सिफारिसमा परेनन । तर मन्त्रालयमै वसेर सचिव घुमाउने आइएनजिओकर्मी पदकका लागि सिफारिस गरेर मन्त्रालय कसले चलाउछ र सरकारको उच्च तहमा बसेका मान्छे कसका लागि काम गर्छन् भन्ने प्रस्ट पार्न खोजिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिपिई लगाएर खोलामा काठको माध्यमबाट भ्याक्सिन क्यारियर तारी सरकारको खोप कार्यक्रम सफल पार्ने खोबाङ हेल्थ पोष्ट मुस्ताङमा कार्यरत एचए लालबहादुर रोका पदकका लागि योग्य देखेन । तर स्वास्थ्य मन्त्रालयको टप फ्लोर कब्जा गरेर स्वास्थ्य क्षेत्रमा साम्राज्य खडा गर्ने एनएचएसएसपीका सुशील बरालको नाम पदकका लागि पहुँच र प्रभावको भरमा सिफारिस भयो । यसले पनि उच्च सरकारी अधिकारीहरू कसको सेवामा तल्लिन छन् भन्ने स्पष्ट हुन्छ ।

राज्य र नागरिकको लागि ज्यान दिएर सेवा गर्ने  हेल्थ पोष्टका एचएको रोकाभन्दा स्वास्थ्य मन्त्रालयको नजरमा मन्त्रालय हडपेर सरकारलाई नै पानी बिजुलीको बिल तिराउने एनएचएसएसएसपीका बरालको राज्यप्रति योगदान ठूलो देखियो ।  तत्कालीन स्वास्थ्य सचिव लक्ष्मण अर्यालले ३० हजार तलब खाने एचए रोकाभन्दा  मासिक १३ लाख खाने बरालको वरिपरि पदक घुमाउने काम गरे ।

फोटो राखेर मिडियामा विज्ञापन नै गरेर जस लिने काम गरेको सरकारले ती स्वास्थ्यकर्मीलाई सम्मान गर्नुपर्छ भन्ने हेक्का राखेन । स्वास्थ्य सचिवको घरको समस्या समाधाना गरिदिने आइएनजिओकर्मीलाई पदकका लागि सिफारिस गरेर फिल्डमा ज्यानको बाजी लगाएर खटिने स्वास्थ्यकर्मीको मनोबल गिराएको छ ।

‘स्वास्थ्य मन्त्रालय कब्जा गरेर सरकारी स्रोत साधनको चरम दुरुपयोग गर्ने एनएचएसएसपीका बराल, निक साइमनका डा. मोहम्मद काशिम शाहको नाम फिर्ता लिएर फिल्डमा खटिएका स्वास्थ्यकर्मीको नाम सिफारिस गर्नुपर्ने थियो । तर स्वास्थ्य मन्त्रालय नेतृत्वको त्यो कुरामा ध्यान पुग्न सकेन’, स्वास्थ्यका एक उच्च अधिकारीले भने ।

यो फोटोले स्वास्थ्य मन्त्रालयका अधिकारीहरुलाई छुदैन, पोल्दैन । किनकि यो फोटोमा देखिएको राष्ट्रसेवक स्वास्थ्यकर्मीले टाई सूट लगाएको छैन । हिलो र पहिरोमा हातमा चप्पल बोकेर राष्ट्र सेवामा खटिएका स्वास्थ्यकर्मीभन्दा स्वास्थ्यका अधिकारीको नजरमा मन्त्रालय घुमाउने आइएनजिओकर्मी नै महत्वपूर्ण व्यक्ति हुन् ।

अझ रोचक त के छ भने तत्कालीन स्वास्थ्य सचिव लक्ष्मण अर्याल अक्सिजनमा कालाबजारी गर्ने शंकर अक्सिजन प्रालिका शंकर अग्रवाललगायतलाई पदकका लागि सिफारिस गरेर जोखिममा खटिएका स्वास्थ्यकर्मीमाथि मजाक गरेका छन् । स्वास्थ्यकर्मीलाई जोखिम भत्तासमेत दिनुहुँदैन भन्ने अर्यालले अग्रवाललाई पदकका लागि सिफारिस गर्नु रहस्यको विषय बनेको छ । उनले पदीय हैसियतको दुरूपयोग गर्दै सरकारी तथा निजी अस्पतालमा लिक्विड अक्सिजन राख्न उर्दी जारी गरेर शंकर अक्सिजन प्रालिसँग किन्न दबाब दिने गरेको खुल्न आएको छ ।

लिक्विड अक्सिज नराखे अस्पताल नै बन्द गरिदिने धम्की दिँदै शंकर अक्सिजन प्रालिको अक्सिजन बिकाएका अर्यालले त्यहिँ कम्पनीका मालिकलाई पदक दिलाउने प्रयास गर्नु खोजबिनको विषय हो ।

स्वास्थ्यले आएनजिओकर्मी र व्यापारीलाई पदकका लागि सिफारिस गर्दा हिलो बाटोमा भ्याक्सिन क्यारियर लिएर हिड्ने स्वास्थ्य चौकी धनकुटाका कार्यरत सिनियर अहेव अन्जना तिमिल्सिनाको यो फोटोले स्वास्थ्यका अधिकारीहरूको चेतलाई गिजयाइरहेको छ ।

ज्यानको बाजी राखेर पहिरोमा भ्याक्सिन क्यारियर लिएर राष्ट्रको सेवामा हिड्दै गर्ने रोल्पामा कार्यरत अनमी रेनुका सुवेदीको यो फोटो राखेर जस लिएको सरकारका लागि उनको योगदानभन्दा राज्यलाई शंकर अग्रवाल र सुशील बरालको राष्ट्र सेवा ठूलो छ !

 

क्याटेगोरी : समाचार
ट्याग : ##Health ministri, ##Heart International, ##HERD International, ##laxman aryal, ##MOHP, ##NHSSP, ##Sushil Baral, ##UK Aid, ##umesh shrestha

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com