सुप्रबल जनसेवाश्री मानपदवीबाट अध्यक्ष लोचन कार्कीसहितका चिकित्सक विभूषित हुँदै


काठमाडौँ । संविधान दिवसको अवसरमा आज नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीसहित चिकित्सकलाई विभूषित गरिने भएको छ । असोज  ३ गते संविधान दिवसको अवसरम  राष्ट्रपतिबाट  संघका अध्यक्ष डा. कार्की,  चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा , बीपी प्रतिष्ठान धरानका डा. प्रल्हाद कार्की, डा. ज्ञानेन्द्र बहादुर मल्ल,  शिक्षण अस्पतालका डा. निरज बम , डा. प्रकाश सुन्दर श्रेष्ठ र जेन्टल कुमार श्रेष्ठ विभूषित हुने भएका छन् । त्यस्तै स्वास्थ्य मन्त्रालयका डा. गुणराज लोहनी,  स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशका डा. विकास देवकोटा , लुम्बीनी अस्पतालका डा. श्रीधर आचार्य,  टेकुका निर्देशक  डा. अनुप बाँस्तोला , कोशी अस्पतालका मेसु डा. चुमलाल दास,  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुणा झा पनि सुप्रबल जनसेवाश्री मानपदवीबाट विभूषित हुने भएका हुन् ।
  त्यस्तै सेती अस्पतालका मेसु डा. हेमराज पाण्डे, कर्णाली प्रतिष्ठानका डा. राजीव शाह, बीपी क्यान्सर अस्पताल भरतपुरका डा. अनिल कार्की,  राप्ती प्रतिष्ठानका अस्पताल निर्देशक डा. प्रज्ञा बस्नेत, भेरी अस्पतालका मेसु डा. राजन पाण्डे, स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डा. बद्री बहादुर खड्का, कोशी अस्पतालका डा. गणेश थापा,
ग्रान्डीका चिकित्सक नारायण बिजुक्छे, नर्सिङ क्याम्पस महाराजगञ्जकी प्राध्यापक  डा. मिलन लोप्चन विभूषित हुने भएका हुन् ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com