‘स्वास्थ्य मन्त्रालय कब्जा गर्ने’ आइएनजिओकर्मीको पदक खोसियो


काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा दिइने पदकका लागि सिफारिस भएका ‘स्वास्थ्य मन्त्रालय कब्जा गर्ने’ आइएनजिओकर्मीको पदक खोसिएको छ । दुर्गममा खटिने स्वास्थ्यकर्मी भन्दा मन्त्रालय कब्जा गर्ने आइएनजिओकर्मी डा. सुशील बराललाई पदक दिन खोजेपछि त्यो विषयमा स्वास्थ्य लाइभले निरन्तर समाचार प्रकाशित गरेको थियो । तत्कालीन स्वास्थ्य सचिव लक्ष्मण अर्यालले एनएचएसएसपीका डा. बराल नाम पदकका लागि सिफारिस गरेका थिए ।
बाढी पहिरो, बर्खा, भेल, केही नभनी खोप वितरण गर्न खटिएका स्वास्थ्यकर्मीलाई पदक सिफारिस गर्नुपर्नेमा मन्त्रालयमै बसेर सचिव घुमाउने आइएनजिओकर्मी पदकका लागि सिफारिस भएको कुरा विभूषण सिफारिस समिति र गृह मन्त्रालयले नोटिसमा लिएको थियो । स्वास्थ्य मन्त्रालयको टप फ्लोर कब्जा गरेर स्वास्थ्य क्षेत्रमा साम्राज्य खडा गर्ने एनएचएसएसपीका बरालको नाम पदकका लागि पहुँच र प्रभावको भरमा सिफारिस भएको कुरा सार्वजनिक भएपछि पदक पाउने सूचीबाट नाम हटाइएको हो ।
विभूषण सफारिस समितिका एक सदस्यकाअनुसार एनएचएसएसपीले मन्त्रालय कब्जा गरेको र डा. बरालको विषयमा धेरै विरोध आएपछि पदक दिने सूचीबाट उनको नाम हटाइएको हो । स्वास्थ्यबाट सिफारिस भएका एनजिओ / आइएनजिओकर्मी कसैलाई पनि मानपदवी, पदक दिन सिफारिस नगरिएको ती सदस्यले स्वास्थ्य लाइभलाई स्पष्ट पारे ।
त्यस्तै सचिव अर्यालले एनएचएसएसपी/हार्डका सुशील बराल, निक साइमनका मोहम्मद काशिम शाह, होङसी सिमेन्ट प्रालिका मिस्टर जेहाङ न्हाउ, सिजी फाउण्डेसन महेश नकर्मी, युएसएडका नूर पन्त, नेपाल एम्बुलेन्स सर्भिसका रन्जित आचार्य, डब्लुएचओका सुशीलचन्द्र लेखकको नाम पदकका लागि सिफारिस गरेका थिए । तर अन्तिममा ती नामहरु विभूषित हुनेको सूचीबाट हटाइएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com