डा.अशेष ढुंगानाद्वारा सरकारी पदक अस्वीकार 


काठमाडौं । वीर अस्पतालका छाती रोग विशेषज्ञ डा. अशेष ढुंगानाले संविधान दिवसको अवसरमा विभूषित गरिने पदक अस्वीकार गरेका छन् ।

सरकारले डा. ढुंगानालाई प्रबल जनसेवाश्री पदकद्वारा विभूषित गर्ने घोषणा गरेको थियो । तर उनले मापदण्डविपरीत पदक दिइएको भन्दै अस्वीकार गरेका हुन् ।

‘पदक दिँदा विभूषण सिफारिस कार्यविधि एवं प्रदानसम्बन्धी मापदण्ड २०७५ अनुसार नेपाल सरकार निजामती कर्मचारको तह/ श्रेणी साथै मेरो शैक्षिक पद (सहप्राध्यापक) सरह नमिलेको हुनाले सहर्ष अस्वीकार गरेको घोषणा गर्दछु।’, डा. ढुंगानाले भनेका छन् । आइन्दा यस्तो पदक दिँदा विवादरहित बनाउनसमेत उनको अनुरोध छ ।

डा. ढुंगाना चिकित्सक क्षेत्रबाट पदक अस्वीकार गर्ने पहिलो व्यक्ति हुन् । पत्रकारिताका क्षेत्रबाट हरिबहादुर थापा, नारायण अमृत, रबिन सायमीलगायतले पदक अस्वीकार गरिसकेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com