भारतबाट १० लाख डोज कोभिसिल्ड खोप आउँदै


काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले भारतसँग खरिद गरेको १० लाख डोज खोप शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि आउने भएको छ ।
भारतले खोप निर्यातमा लगाएको प्रतिबन्ध हटाएर नेपाललाई खोप पठाउन लागेको हो । ओली नेतृत्वको सरकारले भारतसँग गरेको खोप खरिदमा बिचौलियाहरूले कमिसनमा चलखेल गर्न थालेपछि तत्काल खोप आउने बाटो बन्द भएको थियो ।
ओली निकट व्यापरी सुरज वैद्य र विजय दुगडले १० प्रतिशत कमिसन मागेपछि २० लाख खोपमध्ये १० लाख खोप ल्याउने पक्रिया नै बिथोलिएको थियो । त्यसबेला भारतले नेपाललाई खोप दिन इन्कार गर्‍यो ।
अहिले देउवा सरकार आएपछि भारतले खोप पठाउने संकेत गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले भारतसँग खरिद गरेको खोप ल्याउन निरन्तर रूपमा लागेका थिए । अन्तत: उनको प्रयास सफलाउन्मुख भएको छ । भारतले नेपाललाई चाँडै बाँकी १० लाख कोभिसिल्ड खोप पठाउने सन्देश पठाएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com