दुई महिना नपुग्दै नेपाल-कोरिया मैत्री अस्पतालद्वारा ९ करोड बीमा रकम दाबी

भुक्तानी नदिएको भन्दै स्वास्थ्य बीमा कार्यक्रम रोकेर सेवाग्राहीलाई सास्ती दियो 


काठमाडौं । नेपाल-कोरिया मैत्री नगरपालिकाद्वारा सञ्चालित मध्यपुर ठिमी भक्तपुरको अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको छ ।

स्वास्थ्य बीमा बोर्डले ९ करोड रुपैयाँ दिन बाँकी रहेको भन्दै अस्पतालले अर्को सूचना जारी नभएसम्म स्वास्थ्य बीमाको सम्पूर्ण सेवा स्थगित भएको घोषणा गरेको छ ।

अस्पताल र बोर्डबीच साउन १७ गते भएको सम्झौताअनुसार स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको उक्त अस्पतालले असोज १ गते सूचना निकाल्दै बोर्डसँग स्वास्थ्य बीमाको ९ करोड रकम दाबी गरेको देखिन्छ ।

बीमा कार्यक्रममा अस्पातालहरुले फर्जी कागजात पेश गरेर भुक्तानी दाबी गरिरहेको भन्ने गुनासो आइरहेको अवस्थामा नेपाल-कोरिया मैत्री अस्पतालले दुई महिना नपुग्दै दाबी गरेको स्वास्थ्य बीमाको रकम पनि शंकास्पद देखिन्छ । यो विषयमा बोर्डले छानबिन गरी यकिन गरेर आवश्यक कदम चाल्न जरुरी छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com