आफू बस्ने कुर्सीमा डब्लुएचओका कर्मचारी बस्दा शाखा अधिकृत २० दिनदेखि प्यासेजमा


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको सरकारी कर्मचारी बस्ने कुर्सी डब्लुएचओका कर्मचारीले कब्जा गर्दा सरुवा भएर आएका कर्मचारी प्यासेजमा बस्न बाध्य भएका छन् ।

स्वास्थ्य मन्त्रालयको समन्वय शाखा हेर्ने गरी सरुवा गरेर ल्याइएका शाखा अधिकृत बैकुण्ठ रेग्मी बस्नु पर्ने कुर्सीमा डब्लुएचओका कर्मचारी सगुन पौडेलले कब्जा गरेपछि उनी प्यासेजमा बस्न बाध्य भएका हुन् । सरकारी कर्मचारीलाई लगाउनु पर्ने काम डब्लुएचओका कर्मचारी लगाएर आफ्नो कर्मचारीमा प्यासेजमा बस्न बाध्य पारिएको छ । कागजात बोक्नेदेखि निर्णय गराउने कामसम्म डब्लुएचओका कर्मचारीले गर्दै आएका छन् ।

डब्लुएचओका कर्मचारीलाई दिइएको मन्त्रालयको कोठा

स्वास्थ्य मन्त्रालयमा डब्लुएचओका लागि छुट्टै कोठा व्यवस्थापन गरिएको छ । डब्लुएचओका कर्मचारी त्यो ठाउँमा नबसेर प्रत्येक कोठामा गएर कुर्सी कब्जा गरी बसेका छन् । यसले गर्दा स्वास्थ्यका कर्मचारी प्यासेजमा बस्न बाध्य भएका छन् ।

डब्लुएचओले सरकारलाई टेक्निकल सपोर्ट गर्ने हो । त्यसका लागि मन्त्रालयमा छुट्टै कार्यकक्षको व्यवस्था गरिएको छ । तर, स्वास्थ्यका कर्मचारीले गर्ने प्रशासनिक काम पनि डब्लुएचओका कर्मचारीले गर्दै आएका छन् । ति कर्मचारीले कुर्सी नै कब्जा गरेर बसेपछि सरकारी कर्मचारी काम र कुर्सीबिहीन भएका हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com