१२ औं तह बढुवाका लागि १५ दिने सूचना जारी, यी हुन वरिष्ठतम् २८ कर्मचारी


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाह्रौं तह (प्रमुख विशेषज्ञ) मा बढुवा गर्नका लागि निवेदन माग गरेको छ । आइतबार सार्वजनिक सूचना निकाल्दै मन्त्रालयले १५ दिन भित्र विवरण बुझाउन भनेको छ । यसका लागि ११ तह भएर पाँच वर्ष काम गरेको हुनुपर्ने छ ।

सूचनामा भनिएको छ, असार मसान्तसम्म न्यूनतम पाँच वर्ष सेवा अवधि पूरा भएका एघारौँ तहका अधिकृत कर्मचारीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वढुवासम्बन्धी व्यक्तिगत विवरण फारम भरेर बुझाउनु होला ।
मन्त्रालयले बाह्रौँ तहको रिक्त पद संख्या तीनमा नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा २५ (२) बमोजिम कार्य सम्पादन क्षमताका आधारमा बढुवा गर्न लागेको जनाएको छ ।
मन्त्रालयमा शुक्रबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेको पदमा बढुवा गर्न प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

यी हुन् वरिष्ठताका आधारमा अगाडि रहेका २८ कर्मचारी

  1. भीमसिंह टिकंरी
  2. गुणराज लोहनी
  3. तारा पोखरेल
  4. तारानाथ पौडेल
  5. सुनिल राज शर्मा घिमिरे
  6. कृष्णप्रसाद पौडेल
  7. वासुदेव जनार्दन प्रसाद उपाध्याय
  8. संगिता कौशल मिश्रा
  9. श्याम सुन्दर यादव
  10. श्रीकृष्ण श्रेष्ठ
  11. राम पदारथ बिच्छा
  12. सुदेश सुवेदी
  13. गोमा देवी निरौला श्रेष्ठ
  14. जागेश्वर शर्मा गौतम
  15. बद्री बहादुर खड्का
  16. अमिर बाबु श्रेष्ठ
  17. विनोद विन्दू शर्मा
  18. विकास देवकोटा
  19. टंक प्रसाद बारकोटी
  20. संजय कुमार ठाकुर
  21. प्रमोद कुमार उपाध्याय
  22. प्रविन श्रेष्ठ
  23. रघुनन्दन ब्याँजु
  24. अजीत रायमाझी
  25. कल्पना उपाध्याय सुवेदी
  26. शुधा देवकोटा
  27. डेला सिंह
  28. श्रीधर आचार्य

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com