बीपी नेत्र अध्ययन केन्द्रको कार्यकारी निर्देशकमा डा. सगुन जोशी 


काठमाडौं । बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रको कार्यकारी निर्देशक डा. सगुन जोशीलाई बनाइएको छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालभित्रै रहेको केन्द्रको कार्यकारी निर्देशकको जिम्मेवारी प्रतिष्ठित नेत्र चिकित्सक जोशीलाई दिइएको हो । नेत्र रोगको क्षेत्रमा डा. जोशी अब्बल चिकित्सक मानिन्छन् ।

चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को फिसारिसमा त्रिभुवन विश्वविद्यालय, कार्यकारी परिषद्ले प्रतिष्ठित चिकित्सक जोशीलाई ४ वर्षका लागि कार्यकारी निर्देशमा नियुक्त गरेको हो ।

युवा र ऊर्जावान नेत्र चिकित्स डा. जोशीलाई लोकनायक बीपी कोइरालासँग जोडिएको नेत्र अस्पतालको पहिचान स्थापित गर्ने अवसर मिलेको छ । युवा उमेरमै देशको नेतृत्व गर्ने अवसर पाएका बीपीको नाममा खुलेको उक्त केन्द्रले डा. जोशीलाई युवा र ऊर्जाशील अवस्थामै नेतृत्वमा स्थापित गरेको छ ।

यो केन्द्रको नेतृत्व बीपी कोइरालाका कान्छा सुपुत्र हाल कांग्रेस महामन्त्री डा. शंशांक कोइरालाले पनि गरिसकेका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com