किर्ते प्राध्यापक गिरीमाथि कारबाही नहुँदा बढ्यो दादागिरी


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका किर्ते प्राध्यापक उपकुलपति डा. ज्ञानेन्द्र गिरीमाथि कारबाही नहुँदा दादागिरी देखाउन थालेका छन् ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १५ मा नपाएको ओहदा पाएँ भन्नेलाई एक वर्षदेखि दुई वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ भन्ने प्रस्ट उल्लेख छ । तर उपकुलपति गिरीले किर्ते प्राध्यापक लेखेर नपाएको ओहदा पाएँ भन्ने दाबी गरेपनि भ्रष्टाचार मुद्दा दायर हुन सकेको छैन ।

नपाएको ओहदा पाएँ भन्नेलाई अख्तियारले सीधै भ्रष्टाचार मुद्दामा जेल हाल्न सक्छ । किर्ते प्राध्यापकको पुष्टी भइसकेपनि गिरीमाथि जिम्मेवार सम्बन्धित निकायले कारबाहीको डण्डा नचलाउँदा गिरीको दादागिरी सुरु भएको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राडा पारस कुमार पोखरेललाई वार्षिक उत्सव समारोहको नेतृत्व गरेको भन्दै स्पष्टीकरण सोधेका छन् । गिरीले किर्ते गरेको कुरा बाहिर आएपनि सरकार र अख्तियार मौन छ ।

सुशासन कायम गर्न स्थापना भएका संवैधानिक आयोग र सरकारले किर्ते गर्नेलाई छुट दिँदा किर्ते प्राध्यापक गिरीको मनोबल थप बढ्न थालेको बीपीका चिकित्सकहरू बताउँछन् । वीपीका एक चिकित्सकले भने, ‘गिरीको दादागिरी चल्न थाल्नुले राज्य संयन्त्र कमजोर भएको भ्रष्ट र किर्ते व्यक्तिहरूको सार्वजनिक निकायमा रजगज चलिरहेको प्रमाणित हुन्छ ।’, प्रतिष्ठानलाई ध्वस्त बनाएर उपकुलपति गिरी अहिले सेटिङ मिलाउन व्यस्त छन् । उनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति संगिता भण्डारीदेखि प्रधानमन्त्री पत्नी आरजु देउवाको धाक देखाएर बीपीमा कारबाहीको धम्की दिन थालेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com