राष्ट्रिय जनगणनामा खटिने गणकलाई १४ गतेबाट खोप लगाइने


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनगणनामा खटिने गणकलाई १४ गतेबाट खोप लगाउने व्यवस्था गरेको छ । केन्द्रिय तथ्यांक विभागले निकालेको सर्टलिस्टमा समावेश भएका गणकलाई बिहीबारबाट खोप लगाउन थालिने भएको हो । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले राष्ट्रिय जनगणनामा खटिने ३९ हजार गणकलाई खोप दिने कार्यक्रम रहेको बताए ।

सर्टलिस्टमा नाम निस्किएका गणकले १४ असोजबाट खोप अभियानमा सहभागी हुनेछन् । नाम निस्किएका गणकले आफ्नो पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउन सक्ने राज्यमन्त्री श्रेष्ठको भनाइ छ ।

केन्द्रिय तथ्यांक विभागले जनगणनाका लागि देशभर ३९ हजार गणक खटिउने छन् । सुपरीवेक्षकहरुले घर तथा घरपरिवार सूचीकरणको काम अन्तिम चरणमा पुर्याएकाले अब फिल्डमा गणक खटाउने तयारी छ ।

केन्द्रिय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेकाअनुसार गणकको तालिम कार्तिक १३ देखि १६ गतेसम्म चल्ने छ । गणकहरूले २५ कार्तिकदेखि ९ मंसिरसम्म मुख्य प्रश्नावलीसहित घर-घरमा गएर जनगणनाको काम गर्ने उनले जनाकारी दिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com