राप्ती प्रतिष्ठानकी उपकुलपति भण्डारीद्वारा ट्रान्सफर्मर खरिदमा पनि ३८ लाख घोटाला


काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकामा ट्रान्सफर्मर खरिद गर्दा पनि ३८ लाख रुपैयाँ घोटाला भएको खुलेको छ । राप्ती प्रतिष्ठानकी उपकुलपति डा. संगिता भण्डारीले ट्रान्सफर्मर खरिदमा पनि ३८ लाख घोटाला गरेको पाइएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङकी उपकुलपति डा. भण्डारीले अक्सिजन जेनेरेटर प्लान्ट खरिद गर्दा ६४ लाख रुपैयाँ घोटाला गरेको दुई दिन अगाडि मात्रै स्वास्थ्य लाइभले प्रमाणसहित खुलासा गरेको थियो । उनले ट्रान्सफर्मर खरिदमा पनि ३८ लाख घोटाला गरेको यथेष्ट प्रमाण स्वास्थ्य लाइभले फेला पारेको छ ।

उपकुलपति डा. भण्डारीले सेटिङमा राज्यलाई ३७ लाख ८५ हजार २ सय ३९ रुपैयाँ अनावश्यक भार पर्ने गरी १५ सय भोल्टको ट्रान्सफर्मर खरिद गरेकी छन् । ०७८ बैशाख २४ गते गोरखापत्रमा एक सूचना जारी गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटमार्फत केबी इलेक्स प्रालि जनकपुरले टेन्डर पारेको थियो । उसले माग भएअनुसारको सम्पूर्ण स्पेसिफिकेसन अनुसार टेण्डर हालेको थियो । दुई कम्पनीले सहभागीता जनाएकोमा केबीले कम मूल्य अर्थात १ करोड ५६ लाख ८३ हजार ५ सय ७ रुपैयाँमा मूल्य अभिबृद्धी करबाहेक हालेको थियो ।

त्यस्तै अर्को प्रतिस्पर्धी कम्पनी लक्ष्मी बिजुली भण्डार एण्ड जेनेरल अर्डर सप्लार्यस नेपालगञ्जलले मूल्य अभिबृद्धी कर (भ्याट) बाहेक १ करोड ९४ लाख ६८ हजार ७ सय ४७ रुपैयाँमा हालेको थियो । तर, डाक्टर भण्डारीको सेटिङ्मा कम मूल्य हाल्ने केबीलाई हटाएर करिब ३८ लाख बढी हाल्ने लक्ष्मी बिजुली भण्डार एण्ड जेनेरल अर्डर सप्लार्यस नेपालगञ्जलाई दिएकी छन् । तर, उनले यस बारेमा केबीलाई कुनै जानकारी नगराएको केबी इलेक्स प्रालिका निर्देशक आशिष महतोले जानकारी दिए । यसमा राज्यकोषलाई सीधै ३८ लाख घोटाला भएको देखिन्छ । स्वास्थ्य लाइभले भण्डारीसँग कुरा गर्न खोज्दा उनि सम्पर्कमा आइनन् ।

चार वर्षमा डा. भण्डारीले राप्तीलाई पूर्णरुपमा खोक्रो पारेकी छन् । दिसादेखि पिसाब फेरेकोसमेत कमिसन लिने भण्डारीले दिनप्रतिदिन राप्ती चुस्दै गएको अधिकारीहरु बताउँछन् । उनले गरेको घोटलाको प्रमाणले पनि अधिकारीहरुको भनाई पुष्टि गरेको छ ।

ट्रान्सफर्मर खरिदमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र लक्ष्मी बिजुली भण्डार एण्ड जेनेरल अर्डर सप्लार्यसबिच मिलेमतो रहेकाले उक्त टेन्डर रोक्न निर्देशक महतोले माग गरेका छन् । उपकुलपति भण्डारीले देशको कुनै पनि निकायलाई नटेर्ने भएकाले महँगोलाई छाडेर सस्तोलाई दिने कुरामा भण्डारी सहमत छैनन् ।
केबीले ०७८ जेठ १६ गते नै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ट्रान्सफरमर खरिदमा मिल्न गएको पाइएपछि केबीले आफ्नो पूर्ण असहमति जनाइसकेको छ ।

भण्डारीले कम मूल्य हाल्ने भन्दा पनि आफूलाई बेढी कमिसन दिनेसँग सामान खरिद गरेर राज्यलाई आर्थिक क्षति पु¥याउने काम गर्दै आएकी छिन् । अक्सिजन जेनेरेटर प्लान्ट खरिद गर्दा ६४ लाख घोटाला गरेकी भण्डारीले ट्रान्सफर्मर खरिदमा पनि ३८ लाख घोटाला गरेको अर्को तथ्य फेला पर्नुले राप्ती प्रतिष्ठानमा भएका सामान खरिदमाथि गम्भीर छानबिन हुन जरुरी देखिन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाईसमेत भण्डारीले सेटिङ्मा लिएकाले यथेष्ट प्रमाण हुँदा हुँदैपनि अख्तियार मौन बस्नुले उसको कार्यशैलीप्रति पनि शंका उब्जिएको छ ।

उपकुलपति भण्डारीले खरिदसम्बन्धी महत्तवपूर्ण कागजात गायब पार्न सक्ने भएकाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्काल छापा हानेर ती कागजात नियन्त्रणमा लिनुपर्ने प्रतिष्ठान कै अधिकारीहरूको धारणा छ । अनियमीतता लुकाउन भण्डारी पछिल्लो समय मिडियाबाजीमा लागेकी छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com