अल्फा केयरमा गुणस्तरीय स्वाथ्य सेवा


काठमाडौं । नयाँ बानेश्वरस्थित अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर (अल्फा केयर)ले अध्याधुनिक  र गुणस्तरीय ल्याबबाट सेवा प्रदान गरिरहेको छ । उपयुक्त शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा र परीक्षणको सुबिधा प्रदान गर्ने अल्फा केयरको अभियान  रहेको अध्यक्ष द्धिराज शर्माले बताए ।

अल्फा केयरले झण्डै एक दर्जन बिशेषज्ञ सेवा समेत दिएको छ । हाडजोर्नी तथा नसा रोग, सर्जरी, मेडिसिन, इन्डोक्रइन तथा डाइबटिज, प्रसुति तथा स्त्री रोग, ग्याष्ट्रोलगायतका सेवाहरु प्रदान गरेको छ । तत्काल थप सेवा उपलब्ध गराउने तयारीमा रहेकाे अध्यक्ष शर्माले बताए ।

काठमाडौंको नयाँ बानेश्वरमा रहेको अल्फा केयरले २४ घण्टा फार्मेसी सञ्चालनको तयारी गरेको छ ।
स्वास्थ्य मन्त्रालयबाट स्वीकृति प्राप्त गरी मन्त्रालयले तयार गरेको मापदण्ड अनुसार पिसिआर  परीक्षण गरिरहेको छ । कोभिड–१९ को पिसिआर परीक्षणलगायतका सेवा प्रदान गरेको छ । गुणस्तरीय ल्याब र किटको प्रयोग गरी पिसिआर सुरु गरेको अल्फा केयरले जनाएको छ । अल्फाले अहिले एयरपोर्टमा पनि स्वाब संकलनको काम गरिरहेको छ ।  एयरपोर्टमा पिसिआर जाँच गर्ने अल्फा पहिलाे ल्याव हाे  ।

पिसिआर परीक्षणको गुणस्तरीयमा कुनै कमि नगरी सेवा प्रदान गरिरहेको अध्यक्ष शर्माले बताए । मलेकुलर ल्याब अन्तर्गत पिसिआर सुरु गरेको हो । यूएस एफडिए स्वीकृत मेसिन र युएस एफडिए को माकुरा कम्पनिले तयार गरेको किट प्रयोग गरी पिसिआर परिक्षण भइरहेको छ । संस्थामा एमडि, एमएस गरेका मेडिकल डाक्टर तथा माइक्रोबायोजि अध्ययन गरेका योग्य ब्यक्तिबाट सेवा प्रदान गरिने अल्फा केयरले जनाएको छ ।
योग्य जनसक्ति र लामो समय ब्यवस्थापकीय कार्यको अनुभव भएको कुल नेतृत्व पाएका कारण अल्फा केयर छोटो समयमा सबैको विश्वास जित्न सफल भएको हाे । अल्फा केयरले ल्याबसम्म आउन समस्या भएका ब्यक्तिलाई सुरक्षा साबधानी अपनाएर घरमै सेवा दिने गरेको  छ ।

सरकारले तोकेको मापदण्ड अनुसार गुणस्तरीय सेवा दिने र सरकारले निर्धारण गरेको शुल्कमा पिसिआर परीक्षण गरिरहेको छ । दुई वटा मेसिनबाट दैनिक एक हजार दुई सय परीक्षण गर्न सक्ने क्षमता रहेको छ । सो ल्याबले रिपोर्ट बिहानदेखि दिउँसो १ बजेसम्म संकलन भएका स्वाबको बेलुका पाँच बजे रिपोर्ट दिने जनाएको छ । माग बढेमा क्षमता समेत बढाउन सकिने जनाएको छ ।

नयाँ बानेश्वरस्थित अल्फा बिटा कम्प्लेक्सको १५ हजार बर्गमिटर क्षेत्रफलमा ल्याब रहेको छ । डायग्नोस्टीक सेन्टर भएकाले अन्य सेवा समेत गुणस्तरीय प्रदान गर्ने जनाएको छ । अल्फा केयरमा रहेको फार्मेसीमार्फत औषधि समेत गुणस्तरीय प्राप्त गर्न सकिने अल्फा केयरको भनाई छ ।

क्याटेगोरी : जीवनशैली, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com