विश्वमै पहिलोपटक नेपालमा उत्पादन भयो रानीखेतविरुद्धको ट्याबलेट भ्याक्सिन, एउटा कुखुरालाई ५ रुपैयाँको औषधि


काठमाडौं । घातक रोग रानीखेत (न्युक्यासल डिजिज) बाट कुखुरालाई बचाउने उद्देश्यले पहिलो पटक रानीखेत रोगविरुद्धको ट्याब्लेट भ्याक्सिन उत्पादन भएको छ । निकै फरक तरिकाले नेपालमा उत्पादन सुरु भएको रानीखेत भ्याक्सिन गाउँघरका लोकल कुखुरा र फार्ममा पालिएका ब्रोइलर कुखुरा लक्षित गरिएको छ ।

बायोभ्याक प्रालिले उत्पादन गरेको ट्याबलेट भ्याक्सिन विश्वमा नै पहिलो भएको दाबी गरेको छ । हालसम्म विश्वभर झोलमा यसको औषधि उत्पादन हुँदै आएको छ । तर, बायोभ्याक प्रालिले रानीखेतको जीवित भाइरसबाट ट्याबलेटमा औषधि बनाएको हो ।

बायोभ्याक कम्पनीकी प्रतिनिधि गृष्मा ढुंगेलले रानीखेतको जीवित भाइरस अस्ट्रेलियाबाट ल्याएर वैज्ञानिक रुपले ट्याबलेटमा औषधि उत्पादन गर्न सफल भएको बताइन् । उनकाअनुसार जीवित भाइरसलाई ट्याबलेटका माध्यमबाट शरीरमा पठाएर कुखुरालाई रानीखेत रोगविरुद्ध लड्न एन्टिबडीको विकास गर्छ । अमेरिकामा रोगले १ प्रतिशत कुखुराको मृत्यु हुन्छ । त्यस्तै ब्राजिलमा १० प्रतिशत र नेपालमा ५० प्रतिशत कुखुराको मृत्यु रोगबाट भइरहेको छ । अझै यस्ता रोगी कुखुराहरुको मासु नेपालीहरुले खाएर विभिन्न रोग उब्जाइरहेको चिकित्सकहरु बताउँछन् ।

ढुुंगेलले नेपालको समस्या समाधान मात्रै हैन औषधिले विश्व बजारका कुखुरामा देखिएको समस्यासमेत समाधान गर्ने दाबी गरिन् । विगत ३ वर्षदेखि उत्पादन सुरु गरेको कम्पनीले यसबिचमा विभिन्न चरणका परीक्षण सफल भएर बजारमा ल्याएको हो ।

ढुंगेलकाअनुसार काठमाडौंको गोलढुंगास्थित फार्ममा रहेका १० हजार कुखुरामा रानीखेत रोगविरुद्ध बनाइएको उक्त ट्याबलेट परीक्षण गरिएको थियो । त्यसैले यसको नाम रानीगोलढुंगा राखिएको हो। ‘रानीखेतको ठअ भेरिएन्टले हरेक वर्ष लाखौं कुखुराको मृत्यु भएको छ’, बाहिरबाट किनेर ल्याएको भ्याक्सीनले समेत काम नगरेपछि विभिन्न अध्ययन गरी नयाँ रानीगोलढुंगा नामक औषधि ट्याबलेटका माध्यमद्वारा बनाइएको हो ।’ , उनले भनिन्, ‘कम्पनीले भ्याक्सिन दिएको कुखुरा र भ्याक्सिन नदिएको कुखुरालाईसँगै राखेर परीक्षण गरेको थियो । ट्याबलेटले सतप्रतिशत कुखुरा बाचेपछि यसलाई बजारमा ल्याउन लागिएको हो’ ,

नेपालमा कति चाहिन्छ?

सरकारी अधिकारीहरुकाअनुसार नेपाललाई वर्षमा ५ सय मिलियन डोज रानीखेत रोगविरुद्ध ट्याबलेट आवश्यक पर्छ । तर, अहिले २ बिलियन डोज उत्पादन गरिसकेको छ । बायोभ्याकले नेपाललाई चाहिनेभन्दा ५ गुणा बढी औषधि उत्पादन गरिसकेको छ ।

बायोभ्याक कम्पनीकी प्रतिनिधि ढुंगानाले गाउँघरमा पालिएका कुखुराको विषयमा कसैले ध्यान नपुगेको बताइन् । ‘ति ठाउँका कुरालाई के औषधि दिने भन्नेमा कसैलाई जानकारी छैन । कुखुरा मरिरहेको छन् तर, रुढी आयो भनेर मानिस बसेका छन् । त्यसैले हामीले घर घरमा पु¥याउनु पर्छ भनेर औषधि उत्पादन सुरु गरेका हौं ।’, उनले भनिन् ।

नेपालमा प्रयोग भएर बाँकी रहेको औषधिको बजार भारत हो । कम्पनीले महिनामा ४ सय मिलियन डोज उत्पादन उत्पादन गर्दै आएको छ । यो औषधि लाइभ भाइरस भएकाले ४ डिग्री तापक्रममा राखेको खण्डमा वर्षौ यसले काम गर्छ तर, रुम तापक्रममा मात्रै राखेको खण्डमा ३० दिन हुन्छ । ५० डोजको २ सय ५० रुपैयाँ मुल्य राखेको छ । बायो भ्याककी ढुंगानाले एउटा कुखुरालाई ५ रुपैयाँको औषधि एक पटक दिए पुग्ने स्पष्ट पारिन् ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ