बीपीका उपकुलपति गिरीमाथि स्वास्थ्य मन्त्रालयको लगाम 


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहितका पदाधिकारीमाथि लगाम लगाएको छ ।

प्राध्यापकको किर्ते उपाधि लेख्न उपकुलपति ज्ञानेन्द्र गिरीले कम्युनिटी मेडिसिन विभागका प्रमुख प्राडा पारसकुमार पोखरेललाई  ३ दिनको स्पष्टीकरण सोधेपछि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले स्पष्टीकरण सोध्ने कार्य नगर्न निर्देशन दिएका छन् । स्वास्थ्य मन्त्रालयले चेतावनी दिँदै यस्ता कार्य रोक्न गिरीलाई पत्र काटेको हो ।

 

सिनेट बैठकबाट निर्णय नभएसम्म दैनिक प्रशासनिक र अनिवार्य दायित्व सिर्जना हुने आर्थिक कार्यबाहेक कुनै कार्य नगर्न मन्त्रालयले भदौ १७ मा बीपीका पदाधिकारीलाई निर्देशन दिएको थियो । तर गिरीले मनपरी ढंगले स्पष्टीकरण सोध्नेलगायतका अवाञ्छित गतिविधि गर्न थालेपछि मन्त्रालयले पत्र काटेर गिरीमाथि लगाम लगाएको हो ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com