स्वास्थ्य र पोषणका नाममा नेटवर्किङ धन्दा चलाउने गीतेन्द्र रबि लामिछानेको ग्यालेक्सी फोरके टेलिभिजनमा


काठमाडौं । स्वास्थ्य र पोषणयुक्त सामान बेच्ने भन्दै नेटवर्किङ धन्दा चलाएर ठगी गर्ने गीतेन्द्र बाबु राई (जिबी) शुक्रबारदेखि सञ्चालनमा आएको ग्यालेक्सी फोरके टेलिभिजनको कार्यकारी अध्यक्ष रहेको खुल्न आएको छ ।

नेचर हर्ब्स इन्टरनेसनल भन्ने कम्पनीमार्फत नेटवर्किङ धन्दा चलाउँदै आएका राईले रबि लामिछानेसहित टिमसँग मिलेर ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालन ल्याएको पाइएको छ ।
नेटवर्किङ धन्दा चलाएको पाइएपछि नेचर हर्ब्स इन्टनरनेसनलबाट वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग छापा हानेर कागजात नियन्त्रणमा लिएको एक महिना जति मात्र भएको छ । तर, वाणिज्य विभागको तालुकदार मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवा ग्यालेक्सी फोरके टेलिभिजनको उद्घाटनमा गएका छन् ।

नेचर हर्ब्स इन्टरनेसनलको नेटवर्किङ धन्दा विवादमा आएपछि ग्यालेक्सी फोरके टेलिभिजनका मालिक गीतेन्द्रले हतारहतार आफ्नो सहोदर दाइ देबेन्द्र राईलाई नेचर हर्ब्स इन्टरनेसनलको सञ्चालक बनाएका थिए । उनका सहोदर दाइ नेचर हर्ब्सका सञ्चालन रहेको पुष्टी हुने आधार स्वास्थ्य लाइभले फेला पारेको छ ।

नेचर हर्ब्सका सञ्चालक देबेन्द्र राई रहेको प्रमाण

पहिला हर्बो इन्टरनेसनलमार्फत नेटवर्किङ धन्दा चलाएको पुष्टि भएपछि कारबाहीमा परेका राईले त्यस्तै प्रकृतिको नेचर हर्ब्स खोलेर नेटवर्किङ धन्दा चलाइरहेको विभागका अधिकारीहरू बताउँछन् ।

      देबेन्द्र र गीतेन्द्र दाजुभाइ भएको प्रमाण

नेटवर्किङ धन्दामा संलग्न राई र नेपाल प्रहरीका पूर्व डिआईजी छबिराज जोशी ग्यालेक्सी फोरके टेलिभिजमा जोडिएको देखिन्छ । टेलिभिजन खोल्ने कुरा राम्रो भएपनि नेटवर्किङ धन्दा चलाएर ठगी गरेको कालोधन टेलिभिजका नाममा प्रयोग गरेको हो भने गम्भीर विषय भएको सरकारी अधिकारीहरू बताउँछन् ।

स्वास्थ्य र पोषणसँगै आम्दानीसँग पनि जोड्ने भन्दै नेचर हर्ब्सले नेटवर्किङ धन्दा चलाइरहेको पाइएको छ ।

के हो नेचर हर्ब्सको धन्दा?
नेचर हर्ब्स इन्टरनेसनल प्रालि पिरामिड शैलीमा नेटवर्किङ कारोबार गर्ने कम्पनी हो। नेपालीले चलाएको यसको केन्द्रीय कार्यालय सिंगापुरमा छ। नेपालमा नेटवर्किङ व्यवसाय प्रतिबन्धित छ, तर त्यही ढाँचामा नेपालीलाई आबद्ध गराएर ठूलो मात्रामा पैसा विदेश पुर्‍याउने गरिएको छ।
नेचर हर्ब्सले सिंगापुर मात्र होइन, हङकङ, दुबई, मलेसिया, कतार हुँदै नेपालसम्म जालो फिँजाएको तथ्य भेटिएको छ। एसियाली मुलुकसहित विश्वभर कारोबार फैलाउन सजिलो हुने भन्दै सिंगापुरमा कम्पनी दर्ता गरी सञ्चालनमा ल्याएको देखिन्छ।


यो कम्पनी सञ्चालन गर्नेमा गितेन्द्रबाबु राई नामका गितेन्द्रबहादुर राई (जीबी राई), उनकी श्रीमती निशा बम्जम राईसहित देवेन्द्र राई, भूपेन्द्र राई, छबिराज जोशी, वीरबहादुर रानाभाट, विश्व राई, अनन्तबाबु राई, कुमार रम्तेल, श्रीबल्लव नेपाल, नेत्रपाणि बाँस्तोला, माधव खनाल, विशाल बोहोरा, सन्तोष गौतम, लालकृष्ण नेपाललगायत छन्।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com