काठमाडौं नेसनल मेडिकल कलेज हुँदै बग्ने घट्टेकुलो खोज्दै अख्तियार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नाममात्रको काठमाडौं नेसनल मेडिकल कलेज आसपास हुँदै बग्ने घट्टेकुलो खोज्ने प्रक्रिया अगाडि बढाएको छ । अख्तियारले मालपोत कार्यालयमार्फत काठमाडौं नेशनल मेडिकल कलेज आसपासबाट बग्ने घट्टेकुलो नामको राजकुलोको विषयमा अध्ययन थालेको हो । अख्तियारका प्रवक्ता नारायण रिसालले घट्टेकुलोको विषय अख्तियारले हेरिरहेको पुष्टी गरे ।

काठमाडौँ महानगरपालिका साबिक वडा नं. ३३ (हाल ३०) र साबिक वडा नं. ३२ (हाल २९) भएर बगेको यो कुलो तत्कालीन सम्भ्रान्तले लोप गराई निजी कित्ता जग्गा कायम गरेको भन्ने उजुरी परेपछि अख्तियार घट्टेकुलो खोज्न तातेको हो ।

चन्द्रशमशेरका पालामा टकमरी छपाउनका लागि यो कुलो प्रयोगमा थियो । सिंहदरबार बनाउँदा चन्द्रशमशेर स्वयंले कुलो मिचेको इतिहासविद्हरू जनाउँछन् । अख्तियारले यो विषयमा नापी नक्सासहित अध्ययन, अनुसन्धान थालेको खुल्न आएको छ ।

डिल्लीबजार पीपलबोट भएर सिंहदरबारतर्फ निकास खुलेको आधारमा घट्टेकुलोको खोजी भएको हो । घट्टेकुलोस्थित काठमाडौं नेसनल मेडिकल कलेजसँगै त्यो कुलो जोडिएको हुन सक्ने नापी र मालपोतका अधिकारीहरूको अनुमान छ ।

क्याटेगोरी : विचार, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com