बिएण्डसी प्रकरण

एमाले विधान महाधिवेशनमा मार्सी ब्रान्डको रक्सी चर्चामा


काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा मार्सी ब्रान्डको रक्सी चर्चामा आएको छ । नेकपा एमालेका अध्यक्ष केपी ओली ब्रान्डको मिनरल वाटरको बोत्तलको चर्चा भइरहेको महाधिवेशनमा मार्सी ब्रान्डको रक्सीले ओली ब्रान्डलाई धक्का दिएको छ ।

प्रस्तावित बिएण्डसी मेडिकल कलेजका मालिक दुर्गा प्रसाई एमालेको विधान महाधिवेशनमा देखापरेपछि ओली ब्रान्डको पानी भन्दा मार्सी ब्रान्डको रक्सी चर्चामा आएको हो ।

प्रसाईले मार्सी ब्रान्डको बियर मार्केटमा ल्याउने भनेर घोषणा गरेको कुरालाई महाधिवेशनमा सहभागीहरुले ओली ब्रान्डको पानीलाई छायाँमा पार्ने मार्सी ब्रान्डको रक्सीको चर्चा चलाएका हुन् ।

मिनरल वाटरको बोत्तममा ओलीको फोटो राखेर ब्रान्डिङ गरिएको कुराले मार्सी ब्रान्डलाई चर्चामा ल्याइदिएको हो । विधान महाधिवेशनमा सहभागीहरूले प्रसाईप्रति व्यंग्य गर्दै ओली ब्रान्डको पानी भन्दा मार्सी ब्रान्डको रक्सी नै ठिक भन्ने गरेका छन् ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com